काठमाडौं । कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र केनेक्ट किसानबिच एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
यस बैठकको मुख्य उद्देश्य नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिहरूमा छलफल भएको छ । बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा.शरण कुमार पाण्डे, कनेक्ट किसानका निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन नेउपाने लगायतका प्रमुख व्यक्तिहरू उपस्थित रहेको थियो ।
यस बैठकमा चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष ध्यान दिइएको थियो। नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तिकरणलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो।
टी एलायन्स अफ नेपाल र कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउन र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने आशा गरिएको छ।
प्रतिक्रिया