२३ माघ २०८२, बिहिबार । February 5, 2026

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप



काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन दोस्रो दिनमा प्रवेश गर्दा आन्दोलनरत स्काउटरहरू पदाधिकारीहरूबाट दुर्व्यवहारको शिकार भएका छन्।

नेपाल स्काउटभित्रको अपारदर्शिता, आन्तरिक संरचनामा सुधार, तथा निर्देशक राम प्रसाद भट्टराईको स्वेच्छाचारी रवैयाविरुद्ध आवाज उठाउँदै स्काउटरहरू अनशनमा बसेका थिए। यसै क्रममा, स्काउटका पदाधिकारी स्‍मृति बराल अनशन स्थलमा पुगेर आन्दोलन भड्काउने प्रयास गरेको आरोप लागेको छ।

बरालमाथि गलत तरिकाले केन्द्रीय पदाधिकारी बनेको आरोप पनि लाग्दै आएको छ। अनशनमा सहभागी स्काउटरहरूलाई मानसिक दबाब दिने, तर्साउने जस्ता गतिविधि भएपछि आन्दोलन थप चर्किएको थियो। स्काउटर सृष्टि न्यौपाने, सुजन श्रेष्ठ, साकार सिलवाल, र निकेश चिकंबन्जारले पालैपालो अनशन बसेर संगठनभित्र सुधारको माग राखेका थिए।

उनीहरूले नेपाल स्काउटलाई पारदर्शी बनाउन, गलत अभ्यास रोक्न तथा सदस्यहरूबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न माग गरेका छन्। देशभरका स्काउटरहरूले अनशनलाई समर्थन जनाएका छन्। आन्दोलनरत स्काउटरहरू अझ सशक्त रूपमा अघि बढ्ने अठोटमा रहेको बताइएको छ।

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विश्व श्रेष्ठले सुधार अभियानलाई बल दिनका लागि सबै स्काउटरहरूलाई आगामी कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल