१ माघ २०८२, बुधबार । January 14, 2026

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप



काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन दोस्रो दिनमा प्रवेश गर्दा आन्दोलनरत स्काउटरहरू पदाधिकारीहरूबाट दुर्व्यवहारको शिकार भएका छन्।

नेपाल स्काउटभित्रको अपारदर्शिता, आन्तरिक संरचनामा सुधार, तथा निर्देशक राम प्रसाद भट्टराईको स्वेच्छाचारी रवैयाविरुद्ध आवाज उठाउँदै स्काउटरहरू अनशनमा बसेका थिए। यसै क्रममा, स्काउटका पदाधिकारी स्‍मृति बराल अनशन स्थलमा पुगेर आन्दोलन भड्काउने प्रयास गरेको आरोप लागेको छ।

बरालमाथि गलत तरिकाले केन्द्रीय पदाधिकारी बनेको आरोप पनि लाग्दै आएको छ। अनशनमा सहभागी स्काउटरहरूलाई मानसिक दबाब दिने, तर्साउने जस्ता गतिविधि भएपछि आन्दोलन थप चर्किएको थियो। स्काउटर सृष्टि न्यौपाने, सुजन श्रेष्ठ, साकार सिलवाल, र निकेश चिकंबन्जारले पालैपालो अनशन बसेर संगठनभित्र सुधारको माग राखेका थिए।

उनीहरूले नेपाल स्काउटलाई पारदर्शी बनाउन, गलत अभ्यास रोक्न तथा सदस्यहरूबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न माग गरेका छन्। देशभरका स्काउटरहरूले अनशनलाई समर्थन जनाएका छन्। आन्दोलनरत स्काउटरहरू अझ सशक्त रूपमा अघि बढ्ने अठोटमा रहेको बताइएको छ।

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विश्व श्रेष्ठले सुधार अभियानलाई बल दिनका लागि सबै स्काउटरहरूलाई आगामी कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले