८ चैत्र २०८२, आइतबार । March 22, 2026

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक


२ चैत्र २०८१, आइतबार  

66
Shares

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका थिए ।

कार्यक्रममा सांसद केसीले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए । ‘सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उहाँ र उहाँका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद केसीले भने, ‘साहित्यमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्ने बताए ।’

कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबटा सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद केसीले व्यक्त गरे । वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए ।

‘मायाप्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्रा।डा। बरालले भने, ‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् ।’ ‘सुदिम्नका गजलहरूमा आक्षरिक लयको प्रयोग भएको पाइन्छ भने कविताहरूमा गद्यलयको प्रयोग पाइन्छ प्रा.डा. बरालले भने, ‘उनले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा भने सरल छ ।

सरलताभित्र नै सहज ढङ्गले गहन विषयवस्तु प्रस्तुत गर्नु नै उनको विशेषता बनेको छ ।’ एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए ।

उपप्राध्यापक दिपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । उनले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए ।

मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुची भएको सुदिम्न बताउँछन् । समाजलाई जस्ताको तस्तै साहित्यमा उतार्नुपर्छ भन्ने चेतबाट आफ्ना रचनाहरू प्रेरित रहेको बताउँदै उनले भने, ‘भुइँमान्छेको आवाज कलमले बोल्नुपर्छ र मेरो कलमले सधैँ बोल्नेछ ।’ ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रहमा २५ कविता र ३१ गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् ।

देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो