१ माघ २०८२, बुधबार । January 14, 2026

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी



बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी मीना घर्ती (जीसी) ८१४ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी, एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत प्राप्त गरे।

फागुन २४ गते सम्पन्न निर्वाचनमा बुटवल वडा नं. १२ र १३ का ४,७०६ मतदातामध्ये २,६०४ जनाले मतदान गरेका थिए।

निर्वाचनमा कांग्रेस, राप्रपा, एमाले-माओवादी-जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। अध्यक्षको साथसाथै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ।

अध्यक्ष जीसीसँगै उपाध्यक्षमा सिर्जना पौडेल (८१२), सचिव रामप्रसाद भुसाल (८४४), कोषाध्यक्ष सुमित्रा खनाल (७९८), सहसचिव ढुण्डिराज खनाल (८७७) निर्वाचित भए। लेखा समितिको संयोजकमा अग्नी प्रसाद पौडेल (७६६) र अनुगमन समितिको संयोजकमा गणेश आचार्य (८९३) विजयी भए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले