२२ माघ २०८२, बुधबार । February 4, 2026

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी



बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी मीना घर्ती (जीसी) ८१४ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी, एमालेका नामबहादुर कुवरले ८०८ र स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत प्राप्त गरे।

फागुन २४ गते सम्पन्न निर्वाचनमा बुटवल वडा नं. १२ र १३ का ४,७०६ मतदातामध्ये २,६०४ जनाले मतदान गरेका थिए।

निर्वाचनमा कांग्रेस, राप्रपा, एमाले-माओवादी-जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। अध्यक्षको साथसाथै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ।

अध्यक्ष जीसीसँगै उपाध्यक्षमा सिर्जना पौडेल (८१२), सचिव रामप्रसाद भुसाल (८४४), कोषाध्यक्ष सुमित्रा खनाल (७९८), सहसचिव ढुण्डिराज खनाल (८७७) निर्वाचित भए। लेखा समितिको संयोजकमा अग्नी प्रसाद पौडेल (७६६) र अनुगमन समितिको संयोजकमा गणेश आचार्य (८९३) विजयी भए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल