२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा



काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईमाथि पदको दुरुपयोग गरेको लगायतका विभिन्न मागसहित आन्दोलनको कार्याक्रम तय गरिएको हो । जसअनुसार शुद्धिकरण अभियानले स्काउटको केन्द्रिय कार्यालयमा मंगलबार १ घण्टा शान्तिपूर्वक धर्ना दिने कार्यतालिका रहेको छ ।

यदि यसलाई नजरअन्दाज गरेमा चैत्र १ गतेदेखि रिले अनशनसहितको धर्ना कार्यक्रम गर्ने र आन्दोलनलाई थप शसक्क्त बनाउँदै लैजाने अभियानका संयोजक देवदुत अधिकारीले चेतावनी दिएका छन् । यो अभियान कसैको स्वार्थमा नभई स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्थाका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको संयोजक अधिकारीको भनाई छ ।

निर्देशक भट्टराईले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी चरम आर्थिक अनियमितता तथा नियम विपरीतका विभिन्न एकल निर्णयहरुसमेत गरेको विषयमा छानबिन गर्न माग गर्दै बारम्बार खेलकुदमन्त्री समक्ष आफ्ना कुरा राख्दा समेत व्यवास्ता गरेकाले आन्दोलनको बाटो रोज्नु परेको संयोजक अधिकारीका बताएका छन् ।

यस्ता छन् मागहरू
१. नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने।
२. स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने।
३.नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने।
४.नेपाल स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाइ संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने।

यसबाहेक विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागी हुँदा गरेको खर्चको विवरण यथार्थ नभएको आवश्यक संख्याभन्दा बढि सामग्री खरिद गरेको भनी बिल मात्र पेश गरी भुक्तानी लिएको आरोपसमेत भटराईमाथि छ ।

त्यसैगरी निर्देशकले सवारी साधन सुविधाअन्तर्गत ड्राईभर, मोबिल र ईन्धन सुविधा नेपाल स्काउटको विद्यमान ऐन कानून विपरित लिएको पनि उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको