५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते



पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्याल्य पर्वतका अनुसार दुर्घटनामा परि ७ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको