२२ माघ २०८२, बुधबार । February 5, 2026

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह



काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायका विभिन्न नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ ।उद्योग वाणिज्य मन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिए। अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै महासंघले कृषि मन्त्री अधिकारीसँग विशेष चासो व्यक्त गरेको थियो।

पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्यांक प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको जनाएको थियो। मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवर्द्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

अलैँची व्यवसायीहरूले बिमा सहज नहुँदा थप समस्या भोग्नुपरेको भन्दै महासंघले बिमा प्रक्रिया सरल बनाउन माग गरेको थियो। हाल केही बिमा कम्पनीहरू अलैँची खेतीको बिमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो। मन्त्री अधिकारीले आगामी बजेट निर्माणमा यस विषयलाई समेट्ने प्रतिबद्धता जनाए। साथै, महासंघले अलैँचीका सराबाट सामग्री निर्माण सम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग पनि राखेको थियो।

अलैँची व्यवसायी महासंघले अलैँची व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ। महासंघले २०६४ सालमा स्थापना भई हालसम्म १५ जिल्लामा संगठन विस्तार गरिसकेको छ। देशभर ४३ जिल्लामा व्यावसायिक अलैँची खेती भइरहेको र ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ। करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा संलग्न छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ।

सरकारका दुई मन्त्रीसँग भएको छलफल सकारात्मक रहेको महासंघको निष्कर्ष छ। महासंघले अघि सारेका मागहरू पूरा हुने अपेक्षा गर्दै आगामी दिनमा ठोस कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ।

उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमोरियाँ, केन्द्रिय सदस्यहरु कुशुम दाहाल र इन्द्र तामाङ, निर्यातकर्ता एंव सल्लाहकार बस्नत बंमश लगायत विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल