२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद



काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा विधानविपरितका व्यक्तिले मत हाल्न सकिने गरी नाम गए पछि विवाद देखिएको छ ।

बारको विधानमा लगातार दुई आर्थिक वर्षदेखि सदस्य रहि हरेक वर्ष नवीकरण गरेकाबाट हुनुपर्ने व्यवस्था प्रष्ट भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको ११ हजार ७ सय ७२ जनाको प्रथम नामावलीमा २१ सय बढी दुई वर्षदेखि नवीकरण नगरेका छन् । तर, उजुरी परेका व्यक्तिको नाममा मात्र अनुसन्धान हुने निर्वाचन समितिले बताए पछि विवाद देखिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारले २ वर्ष नवीकरण नगरेकाको नाम दिने विषय कल्पना गर्न नसकिने भन्दै उजुरी आएकाको हकमा मात्र हेरिने बताए । उजुरी परेकाको हेर्छौं, उनले भने, सबैको ढड्टा पल्टाएर हेर्न सम्भव हुँदैन । तर, एमाले निकट कानुन व्यवसायीहरुको संस्था पिटिएलएले आफ्ना सदस्यविरुद्ध उजुरी दिएको र त्यसमा मात्र निर्वाचन समितिले अनुसन्धान गरेर डिएलएका मतदाता हटाउने प्रपञ्च गर्न खोजिएको भन्दै डिएलएपक्षीय अधिवक्ताहरुले विरोध जनाएका छन् ।

विधान मिचेर हाम्रा मतदाता मात्र हटाउने हो भने निर्वाचन हुन दिइन्न, एक वरिष्ठ अधिवक्ताले भने, सबैका हकमा अनुसन्धान हुने हो भने मान्छौं । डिएलएले यसविरुद्ध भोलि बिहान १० बजेबाट निर्वाचन समितिको कार्यालय घेराउ र तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

बार अधिवेशनमा कानुन व्यवसायी परिषदको अद्यावधिकता विगतमा खोजिए पनि यसपाली खोज्ने नखोज्नेमा अन्यौलता छ । डिएलएले सबैका हकमा समान व्यवस्था हुनुपर्ने तर उजुरी गरेकाको हकमा मात्र कारबाही हुने अवस्था आए विरोध गर्ने बताए पछि अहिले बार अधिवेशन विवाद सतहमा आएको छ ।

मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने बारको तालिका छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको