१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते शुक्रबार ।

तदनुसार २०२५ फेब्रुअरी २८ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः२९ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कमिकमजोरी र असफलताहरु पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोला । लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउन सकिनेछ । बौद्धिक सार्मथ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन् । मित्रताका वा साझेदारीका लागि अनुकूल समय रहेको छ । आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्वपूर्ण मानिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो । कार्यक्षत्रमा व्यस्त रहँदा जीवनसाथिको इच्छाअनुसार समय निकाल्न सकिँदैन । मुख चलाएर काम गर्ने पेसाना मानिसहरु जस्तैः वकिल, शिक्षक, प्रवचनकर्ता, पण्डित, पत्रकार आदिले राम्रो गर्नसक्ने देखिन्छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ । नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्ने प्रयास गर्नुहोला । प्रेमिकासँग कतै घुमघाम वा किनमेलमा जाने अनुकुल समय रहेको छ । प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ । मनको कुरा बाहिर व्यक्त गर्न नसकिएला । वकिल, शिक्षक र प्रवचनकर्ता जस्तो पेशामा भएकाले राम्रो गर्नसक्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन भावुक र चञ्चल बन्नसक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन हो । जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक होला । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो । बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नु ठीक होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झैझगडा वा विवादबाट टाढा बसेको जाति होला । अर्काको काम वा बिषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने हुनसक्छ । प्रतिष्पर्धा वा परिक्षामा सफल भइने छ । राम्रो नतिजाको चाहना छ भने गोप्य ढंगले तयारि गरेको राम्रो होला । सानातिना विवादको व्यवास्ता गर्दै अघि बढ्नुहोला । शत्रु र प्रतिष्पर्धीसँग सतर्क रहने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुहोला । असाध्यै खर्चालु समय रहेको छ । शंका बढ्ने भएकाले दाम्पत्य सम्बन्ध पनि खासै सुमधुर देखिदैन । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र विवेकको प्रयोग गरि लक्ष्यमा पुग्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । मानसिक अस्थिरताको समय रहेको छ । मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ । असाध्यै दौडधुप गर्नुपर्ने समय रहेको छ । सानो लापरवाहीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । सचते रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन । व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजना बनाएर अघि बढ्नु जायज होला । सहकर्मी र जुनियर कर्मचारिको काममा अलमलिँदा नियमित काममा बाधा पुग्नेछ । आफुले गरेका कामहरुबाट आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने देखिन्छ । इष्टमित्र र नातेदारसँग भेटघाट योग समेत रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लड्ने, चिप्लने वा दुर्घटनाको डर भएकाले सचेत भएर हिड्नुहोला । बोल्दा पनि विशेष ख्याल गर्नुहोला, आफ्नै बोलिका कारण ठूलै कलहको योग देखिन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आजको समय बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सञ्चार माध्यमबाट राम्रो समाचार सुन्न पाइने छ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा हुनेछ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो । नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लिनु आवश्यक होला । केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा बिषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन । बाहिरबाट हेर्दा सामान्य झै देखिएपनि मन निकै अस्थिर रहनेछ । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ । लाभमूलक काममा खट्न सकिनेछ । कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्ने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते