काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १५ गते बिहीबार ।
तदनुसार २०२५ फेब्रुअरी २७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३० बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका लागि केही समय छुट्याएको राम्रो होला । प्रेमिकासँग सम्पर्क राखी बढिरहेको दुरीलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने देखिन्छ । कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ । लागी परेमा रोकिएको काम समेत बन्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्नसक्ने समय हो । भविष्य चिन्ता र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिष्पर्धामा सफल भइने दिन हो । कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ । अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । इच्छा र आकांक्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन रहेको छ । कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता नगर्नुहोला । समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान दिन आवश्यक छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिन सक्छ । सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना साथिभाईसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । नीजि वा आन्तरिक सम्बन्धलाई उजागर गरि सार्वजनिक तुल्याउन यो उचित समय छ । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक होला । बिर्सने बानीले कतिपय काममा बिलम्ब हुनसक्छ । कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रु र प्रतिष्पर्धी वरिपरि छन् भने हेक्का राखि काम गर्नुहोला । कुनै विशेष काम गर्दै हुनुहुन्छ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ । बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आर्शिवाद मिल्नेछ । दाम्पत्य जीवन पनि सुखमय देखिन्छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुने योग रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनोट गर्दा गोपनियता अपनाउनुहोला । देखिएका बाधा÷अड्चन हटाउन तथा शत्रुदमन गर्न सफल भइने छ । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो । कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन भने कायम रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्ने देखिन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । कही कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो । अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन पनि हो । भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ । समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने देखिन्छ । नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्ने योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वास जाग्नुका साथै नयाँ कुरा जान्ने उत्सुकता समेत बढ्नेछ । आलस्य नगरि लक्ष्यप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्न सकिनेछ । मिहेनत र लगनशीलता नै तपाईँको पहिचान हो भन्ने बुझि यसलाई जारी राख्नुहोला । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारमा सम्पर्क राखि व्यवहारिक जानकारी प्राप्त गर्ने समय रहेको छ । पारिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनमुटाव बढ्ने देखिन्छ । सानोतिनो यात्रामा जानुपर्ने हुँदा व्यापारमा ध्यान केन्द्रित हुँदैन । दण्ड र जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुनसक्छ । धनमाल चोरिको डर रहेकाले राखनधरनमा विशेष ध्यान दिनुहोला ।
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
प्रतिक्रिया