१४ बैशाख २०८२, आइतबार । April 28, 2025

ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरिएको निषेधाज्ञा हट्ने



काठमाडौ । ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हट्ने भएको छ ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा हटाइएको उल्लेख छ ।

नो केबलकार पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार सर्त अघि सार्दै पूरा भएमात्र वार्तामा बस्ने बताएका थिए । सोही सर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो ।

नो केबलकार पक्षधरले आन्दोलन तीब्र बनाएपछि ताप्लेजुङ प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको