१ माघ २०८२, बुधबार । January 14, 2026

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली



काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका लागि प्रधानमन्त्री केपी ओली पशुपतिनाथ मन्दिरमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्री पत्नि राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले