१३ फाल्गुन २०८१, मंगलबार । February 25, 2025

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भैरहेको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्याग्दी केन्द्रबिन्दु भएर केहि मिनेटको अन्तरमै २ भूकम्पको धक्का

काठमाडौं । मंगलबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ

काभ्रेमा बस दुर्घटना, २४ जना घाइते

काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते

आजको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउन्ड स्ट्रलिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक

फागुन १३ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १३ गते