काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त थियो ।
प्रतिक्रिया