२९ बैशाख २०८२, सोमबार । May 12, 2025

बागलुङमा जीप दुर्घटना, २ जनाको मृत्यु ५ घाइते



बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका ९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् ।

यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका ९ बस्‍ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड ९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड ९ खहरे बस्‍ने ३० वर्षीया सिता पौडेल र बडिगाड ९ खहरे बस्‍ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको