१२ फाल्गुन २०८१, सोमबार । February 24, 2025

फागुन १२ गते सोमबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १२ गते सोमबार ।

तदनुसार २०२५ फेब्रुअरी २४ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३२ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला । जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नु आवश्यक छ । सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सकिनेछ । लक्ष्इमा पुग्न धेरै मिहेनत गर्नुपर्ने हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा थकान र उत्साहमा कमी आउने छ । कर्मचारिहरुका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ । गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध विस्तार हुने दिन रहेको छ । मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले राम्रो लाभ पाउनेछन् । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
ओभर कन्फिडेन्समा रहनु राम्रो नहोला । परिक्षा वा प्रतिष्पर्धा नजिकै आएको छ भने थप मिहेनत गर्नुपर्ने दिन रहेको छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई व्यवास्ता गर्नु राम्रो नहोला । आफ्नो गल्ती र कमजोरीलाई माध्यम बनाएर शत्रुले प्रहार गर्नसक्छन् । सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
देखेका सपनाहरु साकार हुँदै जानेछन् । आफ्नो कुरा थोपर्नेमात्र होइन, जीवनसाथिका कुरा सुन्ने पनि प्रयास गर्नुहोला । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । काम गर्दै जाँदा विभिन्न अवरोध र बाधाहरु आईपर्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पदप्रतिष्ठामा अभिबृद्धि हुनुका साथै आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन रहेको छ । घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवार र छरछिमेकको काममा व्यस्त रहनुपर्ने हुन्छ । व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलता दिनेछ । नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन । घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने छ । परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तपाईंको जिद्दि गर्ने बानि छ भने समस्या निम्तन सक्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुविचार, भ्रम, चिन्ता र शंका मडारिने समय रहेको छ । लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरुमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्रि कुरा नबताउनुहोला । अन्यथा बेकारको अफवाह फैलने डर रहेको छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिहेनत र कर्मले सफलताको ढोका खेल्नेछ । अरुको कुरामा नभुलिनुहोला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ । क्षमता प्रदर्शन गरि परिस्थिति सहज बनाउन सकिने छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । आजको केही समय घरपरिवार र जीवनसाथिका लागि छुट्याउनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दाम्पत्य जीवन सुखमय नै रहनेछ । कार्यक्षेत्रमा थप जिम्मेवारी र दायित्व बढ्ने समय रहेको छ । पारिवारिक काममा अलि बढी खट्नुपर्ने दिन हो । कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीहरुले कुनै अवसरसमेत पाउन सक्नेछन् ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेपाली बजारमा

लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार

च्याम्पियन्स ट्रफीः आज न्युजिल्याण्ड र बंगलादेश भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गतको छैटौं खेलमा आज

जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट शुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट जनतासँग माओवादी तराई

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा