८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १२ गते सोमबारको तपाईँको राशिफल


१२ फाल्गुन २०८१, सोमबार  

156
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १२ गते सोमबार ।

तदनुसार २०२५ फेब्रुअरी २४ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३२ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला । जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नु आवश्यक छ । सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सकिनेछ । लक्ष्इमा पुग्न धेरै मिहेनत गर्नुपर्ने हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा थकान र उत्साहमा कमी आउने छ । कर्मचारिहरुका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ । गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध विस्तार हुने दिन रहेको छ । मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले राम्रो लाभ पाउनेछन् । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
ओभर कन्फिडेन्समा रहनु राम्रो नहोला । परिक्षा वा प्रतिष्पर्धा नजिकै आएको छ भने थप मिहेनत गर्नुपर्ने दिन रहेको छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई व्यवास्ता गर्नु राम्रो नहोला । आफ्नो गल्ती र कमजोरीलाई माध्यम बनाएर शत्रुले प्रहार गर्नसक्छन् । सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
देखेका सपनाहरु साकार हुँदै जानेछन् । आफ्नो कुरा थोपर्नेमात्र होइन, जीवनसाथिका कुरा सुन्ने पनि प्रयास गर्नुहोला । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । काम गर्दै जाँदा विभिन्न अवरोध र बाधाहरु आईपर्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पदप्रतिष्ठामा अभिबृद्धि हुनुका साथै आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन रहेको छ । घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवार र छरछिमेकको काममा व्यस्त रहनुपर्ने हुन्छ । व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलता दिनेछ । नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन । घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने छ । परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तपाईंको जिद्दि गर्ने बानि छ भने समस्या निम्तन सक्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुविचार, भ्रम, चिन्ता र शंका मडारिने समय रहेको छ । लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरुमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्रि कुरा नबताउनुहोला । अन्यथा बेकारको अफवाह फैलने डर रहेको छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिहेनत र कर्मले सफलताको ढोका खेल्नेछ । अरुको कुरामा नभुलिनुहोला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ । क्षमता प्रदर्शन गरि परिस्थिति सहज बनाउन सकिने छ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । आजको केही समय घरपरिवार र जीवनसाथिका लागि छुट्याउनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दाम्पत्य जीवन सुखमय नै रहनेछ । कार्यक्षेत्रमा थप जिम्मेवारी र दायित्व बढ्ने समय रहेको छ । पारिवारिक काममा अलि बढी खट्नुपर्ने दिन हो । कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीहरुले कुनै अवसरसमेत पाउन सक्नेछन् ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो