१ माघ २०८२, बुधबार । January 14, 2026

ताप्लेजुङमा निषेध आदेश जारी, के-के गर्न पाईँदैन ?



काठमाडौं । ताप्लेजुङमा केबलकार विवादले हिंसाको रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको छ ।

शनिबार साँझदेखि लागु हुनेगरि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६। उपदफा ३ ९क० बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ। ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सूजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ ।

निम्न बमोजमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी आदेश जारी गरिएको छ।

‘घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले