८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन ११ गते आइतबारको तपाईँको राशिफल


११ फाल्गुन २०८१, आइतबार  

135
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको ११ गते आइतबार ।

तदनुसार २०२५ फेब्रुअरी २३ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३३ बजे हुनेछ भने सूर्यास्त साँझ ६ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शान्त र स्थिर मतिको उदय हुनुका साथै परोपकारी काममा दिलजस्पी बढ्नेछ । प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन रहेको छ । प्रेमिका वा साथिभाईसँग भेटघाटको अनुकुलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै धार्मिक र ऐतिहासिक महत्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ । सानातिना बिमारी र चोटपटकको सम्भावना समेत रहेको छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठिक होला । खनिज पदार्थ, पुरातात्विक चिजबीचको व्यवसायमा फाइदा देखिन्छ । परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्वपूर्ण काममा बाधा उत्पन्न हुनेछ । लक्ष्य प्राप्त गर्न कडा मिहेनत गर्नुपर्ने देखिन्छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ । कार्यालयमा नौलो कामको जिम्मेवारी लिनुका साथै मज्जाले खट्नुपर्ने हुनसक्छ । घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आडम्बर देखाउँदा सामान्य मानेको बिषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ । बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायीले राम्रो गर्नसक्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार सुन्न पाइने छ । आफूले चिताएका र आँटेका काम पनि सम्पन्न हुने समय हो । प्रयास गरेको कुनैपनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका बिषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय रहेको छ । मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ । आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । श्रम गरेबमोजिमनै कार्यालयको काम सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ । मन एकतमासको बनिदिनाले बुद्धि र विवेकको सही प्रयोग गर्न सकिंदैन । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । कुनै सामाजिक वा परोपकारी काममा दिलजस्पी जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्दा ध्यान पुर्याएर चल्नुपर्ने समय छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन् । आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सार्मथ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । मानसिक शान्तिको आभास हुनुका साथै जीवनसाथिले तपाईँको भावना बुझ्नेछन् । कतै एकान्तमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला । नयाँ ठाउँमा लगानी गर्ने सोच बनाउनु भएको छ भने सोचेर कदम चाल्नुहोला । व्यस्तता र दौडधूपमा समय बित्नेछ । चोरीको डर भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो । व्यवहारिक चिन्ता बढ्ने दिन हो । जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बन्नसक्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कुनै ठूलो उपहार प्राप्त गर्ने योग रहेको छ । आलस्य त्यागेर मिहेनत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । जीवनसाथिका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो दिन रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो