८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन ८ गते बिहीबारको तपाईँको राशिफल


८ फाल्गुन २०८१, बिहिबार  

303
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको ८ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी २० तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३६ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको छ । आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक तिर्सनाको परिपुर्ति हुने दिन हो । पतिपत्निका बीचमा समझदारी बढ्नेछ । कला, सहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो । बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्याक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । रामरमाइलो र रमझमप्रति मनको अकर्षण रहने सुन्दर दिन छ । विवाहयोग्य उमेर छ र अविवाहीत हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वार्थका लागि सम्बन्ध गाँस्ने र आफ्नो काम फुत्काउनेहरुसँग सतर्क रहनुहोला । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुनसक्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन रहेको छ । सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन हो । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्न उचित समय रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन रहेको छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो । परिक्षा वा प्रतियोगितामा सरिक हुँदै हुनुहुन्छ भने अझ धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय देखिन्छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक क्षेत्र वा फाल्तु बिषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ । कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँकेताकेको काममा सफल भइने छ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ । पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथरसहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन । घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन हो । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कुनै व्यक्तिगत समस्या छ भने जीवनसाथिलाई बताएमा सही निकास पाउन सकिनेछ । गम्भिर स्वभागको उदय हुनेछ । आजको दिन एक्लै बस्न वा रमाउन तर्फ मन आकर्षित हुनेछ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्दा सफलता पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामान्य गल्तिले पनि ठूलो नोक्सानी व्यहोर्नुे परिस्थिति बन्नेछ । लगानी गर्दा जोखिम र संकटका बारेमा चिन्तन गर्नुहोला । व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सकिनेछ । पतिपत्नि बिचको तालमेलमा केही कमी देखिने छ । आफ्ना हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । नयाँ योजना कार्यान्वयन गर्नका लागि उचित समय रहेको छ । यद्यपी, मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय हो । पदोन्नति हुने वा बिशेष जिम्मेवारी पाउन सकिने छ । कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ । परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो हो । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्वकाँक्षी काम सुरु गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक काममा दौडधुप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो । सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो