१ माघ २०८२, बुधबार । January 14, 2026

पूर्वराजा ज्ञानेन्द्रको अपिलः राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस (भिडिओ)



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूहरूलाई साथ दिन आम जनतालाई अपिल गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार साँझ शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् । देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले गद्दी त्याग गरेको पूर्वराजा शाहको भनाइ छ । उक्त त्यागलाई कमजोरीको रुपमा नलिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्न पनि पूर्वराजा शाहले आग्रह गरेका छन् ।

‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै सङ्ंकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् पूर्वराजाको भिडिओ सन्देशः

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले