८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन ५ गते सोमबारको तपाईँको भाग्यफल


५ फाल्गुन २०८१, सोमबार  

855
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको ५ गते सोमबार ।

तदनुसार २०२५ फेब्रुअरी १७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३९ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । अब सुरु आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दाबाट सदाझै राम्रो फल प्राप्त हुनेछ । पारिवारिक आवश्यक्ताले काम छाड्नुपर्ने वा कतै टाढाको यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आनन्द र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । उज्ज्वल भविष्य र राम्रो नतिजाका लागि अझ धेरै मिहेनत गर्नुपर्ने दिन रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शारीरिक थकान र बेचैनीको समय रहेको छ । सानातिना कुराको चिन्ता गर्ने हुँदा आफुमात्र नभएर साथिभइको समेत तनाब बढ्नेछ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय रहेको छ । अर्काको कुरा सुनेर जीवनसाथिको जीवनचार्य र व्यवहारमा शंका नगर्नुहोला । प्रेमि वा जीवनसाथिसँग कतै टाढाको यात्रामा जाने योजना बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक र व्यवहारीक खर्चमा बृद्धि हुनेछ । कुनै गोप्य कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने हुनसक्छ । दैनिक कामका माध्यमबाट भने फाइदा मिल्नेछ । थोरै भएपनि दिगो लाभ हुने कुनै कामको थालनि हुनसक्छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रष्फुटन समेत हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । शरीर स्वस्थ भएपनि मानसिक चिन्ता भने बढ्नेछ । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौलो व्यक्तिहरुसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पुराना वा तामेलिमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा घाटा हुने वा धनमाल चोरी हुने सङ्केत देखिन्छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनुपर्ने बाध्यता हुनसक्छ । आफ्नो रुचिको क्षेत्रमा काम गर्दा मन प्रसन्न रहनेछ । सामाजिक काममा सहभागी हुँदा प्यक्तिगत काममा बाधा पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोखिममूलक काममा धन लगानी गर्नु उपयुक्त नहोला । खातापातालाई दुरुस्त बनाइनुका साथै ऋण र सापटीको रकम उठाउन पहल गर्दा राम्रो होला । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सकिनेछ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ । आज कुनै कुनै समयमा तपाईं अरु बेलाभन्दा बढी कठोर भएको महसुस हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ उत्साह र उमंग जाग्नुका साथै खुसी र प्रसन्नताको सीमा हुनेछैन् । विजय र सफलताले जताततै पछ्याउन सक्छ । रिसराग घमण्ड र अहंकारबाट टाढा रहनु ठीक होला । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सफलता हासिल गर्न प्रतिष्पर्धामा जानुपर्ने समय रहेको छ । कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजक रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जिम्मेवारीको भावना र कर्तव्यपालन देखेर सबैले तपाईँको प्रशंसा गर्नेछन् । परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलनको योग रहेको छ । जीर्णद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । आर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । प्रयास गरेमा अड्किएको वा फसेको धन हातलागि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो । अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय रहेको छ । ठूलै चिट्ठा पर्नेयोग समेत रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । मन हलुका हुनुका साथै जीवनसाथिका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ । कामकाजमा भने उत्साहको कमी देखिनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क लाग्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक होला । रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो । कसैको असम्भव आशा वा बहकाउमा नफस्नु होला । जोखिम र सङ्कटले घेरेको समय छ । धेरै कमाउने लोभमा भएको मूल धन समेत गुमाउने परिस्थिति बन्नेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो