१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

फागुन १ गते बिहीबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल फागुन १ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी १३ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४२ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय रहेको छ । जीवनसाथिलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ, तर समुचित परिणाम प्राप्त गर्न भने धौधौ होला । क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक वातावरण निकै राम्रो देखिएको छ । कुरा काट्ने र खिसीट्युरी गर्नेहरुको क्रियाकलाप देखेर मन खिन्न बन्नसक्छ । शारीरिक रुपमा स्वस्थ देखिए पनि मानसिक रुपमा भने केही कमजोरि देखिनेछ । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । नौलो व्यक्तिहरुसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मबल र हिम्मतका साथ काम गरेमा महत्वकाँक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले जीवनसाथिलाई समय प्रदान गर्न सकिंदैन । कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन रहेको छ । सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ । मन एकतमासको बनिदिनाले बुद्धि र विवेकको सही प्रयोग गर्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अठोट र निर्णयहरुमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर समेत मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विजय र सफलताले जताततै पछ्याउने योग छ । रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक होला । एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको समय कमजोर हुनुका साथै मन अस्थिर र कातर बन्नेछ । कतिपय बिषयको निर्णय लिनुपर्दा मनमा दोधारेपनि देखिने छ । कमजोरी खोतल्नुको साटो एकआपसमा समर्पित भएमा मात्र पे्रम जीवन सफल हुनेछ । अर्काको सल्लाह, सुझाव र आशयलाई सुन्ने बानिको बिकास गर्नु राम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान र अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण बिषयमा लाभ लिन सकिने छ । तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जीर्णद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ । घरायसी कामको चाप बढ्नाले कार्यक्षेत्रमा प्रभाव देखिन्छ । आर्थिक कारोबारबाट रामै्र फाइदा हुने दिन रहेको छ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन हो । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण गर्ने अवसर जुर्नसक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामग्री आदि व्यवसाय छ भने राम्रो लाभ लिन सकिनेछ । आज कारोबारका अतिरिक्त धार्मिक र पारम्परिक काममा पनि संलग्न हुन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिक्षा र प्रतिष्पर्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला । जोखिम र सङ्कटले घेरेको समय रहेको छ । धेरै धन कमाउने लोभ गर्दा भएको समेत गुम्नसक्छ । संयमता अपनाएर आफ्नो कामलाई निरन्तरता दिएको राम्रो होला । आर्थिक कारोबारमा हात हाल्दा विशेष ध्यान दिनुहोला । अन्यथा ठुलै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन कल्पना र भावनामा रुमलिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएको राम्रो होला । अनावश्यक कुरामा समय विताउनु भन्दा काममा ध्यान दिनु उचित होला । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्नेछ । मन हलुका र शरीर तन्दुरुस्त देखिनेछ । काम छाडेर गफगाफमा भुलिन सकिनेछ । रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासका लागि राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय रहेको छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा २ हजार ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

आज विश्व रेडियो दिवस,विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम

कति छ फागुन १ गते बिहीबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको