काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २८ गते सोमबार ।
तदनुसार २०२५ फेब्रुअरी १० तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४४ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने छ । महत्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु उचित होला । गुरुजनको मार्गदर्शन अबलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्ने देखिन्छ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ । आमाको आर्शिवादले हरेक काममा सफलता मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तित्व विकास र भविष्य निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथ अघि बढ्नुहोला । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहनेछ । एकअर्काका सुखदुःख एवं चाहना बुझि कार्य गर्ने प्रयास गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ । साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्ने योग रहेको छ । इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति बन्नसक्छ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय रहेको छ । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ । कुनै प्रेरणादायी व्यक्तिसँग चिनजान वा मित्रता हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति रहेको छ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । फाइदा नहुने र व्यर्थको काममा लगानी गर्ने परिस्थिति बन्नसक्छ । परोपकारी काम वा अर्काको काममा दौडधूप गर्नुपर्ने दिन छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्यका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै प्रतिष्पर्धा वा परिक्षामा सहभागी हुँदा सफल भइने छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन रहेको छ । कुनै नयाँ कारोबारप्रति आकर्षण छ भने लगानी बढाउँदा फाइदा हुनेछ । व्यवहारिक चिन्ता बढ्ने देखिन्छ । जीवनसाथिसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बन्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानो मिहेनतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आशा मरेको काम अर्थात नबन्ने काम पनि बनाउन सकिने छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगरेको राम्रो होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनसक्छ । आज मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो देखिन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइनेछ । जीवनसाथिका लागि समय व्यवस्थापन गर्न नसक्दा ठास्सठुस्स बढ्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक सदस्य र आफन्तको गतिविधि सन्तोषजनक नहुँदा मनमा खिन्नता बढ्नेछ । समय तपाईँको अनुकुल छैन् । आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखि अघि बढ्नुहोला । दुर्घटनाको जोखिम रहेकाले सवारी चलाउँदा विशेष ध्यान दिनुहोला । आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा भन्दा पनि मन आन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ । पारिवारिक वातावरणमा समय व्यतित गर्ने समय रहेको छ । मनोरञ्जन र मस्तीमा ध्यान केन्द्रित हुनेछ । कार्यक्षेत्रमा राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । नयाँ साथिसँग् भेटघाट र मिलनको योग छ । मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन रहेको छ । बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल आवश्यक देखिन्छ । अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ । झैझगडा र विवादबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छोराछोरीमार्फत राम्रो समाचार सुन्न पाइने तथा सन्तोष मिल्ने राम्रो दिन रहेको छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्न सकिनेछ । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् ।
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
प्रतिक्रिया