८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २८ गते सोमबारको तपाईँको राशिफल…


२८ माघ २०८१, सोमबार  

507
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २८ गते सोमबार ।

तदनुसार २०२५ फेब्रुअरी १० तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४४ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने छ । महत्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु उचित होला । गुरुजनको मार्गदर्शन अबलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्ने देखिन्छ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ । आमाको आर्शिवादले हरेक काममा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तित्व विकास र भविष्य निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथ अघि बढ्नुहोला । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहनेछ । एकअर्काका सुखदुःख एवं चाहना बुझि कार्य गर्ने प्रयास गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ । साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्ने योग रहेको छ । इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति बन्नसक्छ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय रहेको छ । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ । कुनै प्रेरणादायी व्यक्तिसँग चिनजान वा मित्रता हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति रहेको छ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । फाइदा नहुने र व्यर्थको काममा लगानी गर्ने परिस्थिति बन्नसक्छ । परोपकारी काम वा अर्काको काममा दौडधूप गर्नुपर्ने दिन छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्यका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै प्रतिष्पर्धा वा परिक्षामा सहभागी हुँदा सफल भइने छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन रहेको छ । कुनै नयाँ कारोबारप्रति आकर्षण छ भने लगानी बढाउँदा फाइदा हुनेछ । व्यवहारिक चिन्ता बढ्ने देखिन्छ । जीवनसाथिसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बन्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानो मिहेनतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आशा मरेको काम अर्थात नबन्ने काम पनि बनाउन सकिने छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगरेको राम्रो होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनसक्छ । आज मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो देखिन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइनेछ । जीवनसाथिका लागि समय व्यवस्थापन गर्न नसक्दा ठास्सठुस्स बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक सदस्य र आफन्तको गतिविधि सन्तोषजनक नहुँदा मनमा खिन्नता बढ्नेछ । समय तपाईँको अनुकुल छैन् । आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । आवेग र रिसरागमा नियन्त्रण राखि अघि बढ्नुहोला । दुर्घटनाको जोखिम रहेकाले सवारी चलाउँदा विशेष ध्यान दिनुहोला । आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा भन्दा पनि मन आन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ । पारिवारिक वातावरणमा समय व्यतित गर्ने समय रहेको छ । मनोरञ्जन र मस्तीमा ध्यान केन्द्रित हुनेछ । कार्यक्षेत्रमा राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । नयाँ साथिसँग् भेटघाट र मिलनको योग छ । मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन रहेको छ । बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल आवश्यक देखिन्छ । अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ । झैझगडा र विवादबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छोराछोरीमार्फत राम्रो समाचार सुन्न पाइने तथा सन्तोष मिल्ने राम्रो दिन रहेको छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्न सकिनेछ । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो