२९ पुस २०८२, मंगलबार । January 13, 2026

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारणले गर्दा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भागमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा आंशिक बदली हुनेछ।

त्यसैगरी राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले