८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २३ गते बुधबारको तपाईँको राशिफल


२३ माघ २०८१, बुधबार  

261
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते बुधबार ।

तदनुसार २०२५ फेब्रुअरी ५ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४८ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको चापबाट केही फुर्सद मिल्नेछ । जीवनसाथिको साथमा कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो नतिजा मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय रहेको छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुनसक्छ । एकआपसमा समर्पित भएमा मात्र प्रेम सम्बन्ध सफल हुनेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्र÷उपकरण आदि किनमेल हुने र धन खर्च हुने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय छ । प्रयास गरेका हरेक काममा सफलता मिल्नेछ । निजी काम वा छोराछोरीको खुसीका लागि केही रकम खर्च गर्नुपर्ने हुनसक्छ । कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिका अवसर प्राप्त हुनेछन् । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय रहेको छ । अतिरिक्त आम्दानी हुनाले तत्कालका लागि गर्जो टार्न सजिलो हुनेछ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ । घरायसी कामको चापसमेत बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजन र उच्चपदस्थ व्यक्तिहरुबाट समर्थन र सहयोग जुटाउन सकिने छ । ताकेका हरेक काममा सफलता पाउने सक्नुहुन्छ । आफ्नो लक्ष्यप्रति अग्रसर हुने दिन रहेको छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले ठूलो सफलता मिल्नसक्छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा खानपिनमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुनेछ । गैरनाफामुलक कामतर्फ समेत मनको आकर्षण बढ्नेछ । मनोरञ्जन, घुमघाम र भेटघाटको उचित समय रहेको छ । आफ्ना कुरा थोपर्नु भन्दा पनि जीवनसाथिको भावना बुझ्नु जाति होला । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा झुकाव बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक चिन्ताले सताउने दिन रहेको छ । नियमित कामधन्दामा पनि खासै जाँगर चल्दैन् । मिहेनतले मात्रै सफलताको ढोका खुल्नेछ भन्ने बुझेर अघि बढ्नुहोला । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिष्पर्धा र सिकाइका आधारमा मात्र जीवनको लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिकतामा निखार आउनेछ । विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नु राम्रो होला । आज तीव्र इच्छाशक्ति र आन्तरिक उर्जाको उदय हुने महत्त्वपूर्ण दिन रहेको छ । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ । नसोचेको धन प्राप्त हुने वा ऋण र सापटीमा रकम उठाउन सकिनेछ । धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ एवं पुराना मित्रसित भुलिनाले जीवनसाथिलाई समय प्रदान गर्न सकिँदैन । कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन रहेको छ । मन अत्याधिक उत्साहीत र फुर्तिलो रहनेछ । काममा दुविधा भए साथीभाइको सल्लाह लिनु आवश्यक होला । औजार, हातहतियार, किराना सामाग्री वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने छ । धनप्राप्तिको योग रहेको छ । स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय रहेको छ । दीर्घकालिन फाइदाको कुनै काम सम्पन्न हुनेछ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्नेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो