८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २१ गते सोमबारको तपाईँको राशिफल


२१ माघ २०८१, सोमबार  

525
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते सोमबार ।

तदनुसार २०२५ फेब्रुअरी ३ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४९ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला । चोरीको डर रहेकाले धनमालको सुरक्षाका लागि सतर्कता अपनाउनु उचित होला । घरबाहिर निस्कँदा बहुमूल्य गरगहना नलगाएको जाती होला । आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनीति र समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नुपर्ने देखिन्छ । विगतमा गरिएको मिहेनत र लगनशीलताको पुरस्कार प्राप्त हुने दिन रहेको छ । बोनस र अतिरित्त आम्दानीको सम्भावना पनि रहेको छ । व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका लागि केही समय छुट्याएको राम्रो होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्धका निमित्त निकै राम्रो समय रहेको छ । एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती होला । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन रहेको छ । घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यको बलियो साथ पाउनाले प्रतिष्पर्धामा सफलता र स्याबासी मिल्नेछ । भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुनसक्छ । नचिताएको उपलब्धि हात पर्ने योग रहेको छ । बुद्धिकौशलको प्रयोग गरि गरेको कामबाट फाइदा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ससाना कुरामा मन आत्तिने दिन छ । समय र परिस्थिति अनुकुल भएपनि बाध्यतामा खुम्चिनु पर्दा इच्छा पूरा हुन सक्दैन । कार्यक्षेत्रमा सफलता मिल्नुका साथै सीप र प्रविधिको प्रयोग गरेमा प्रतिष्ठा कमाउन सकिनेछ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठिक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति अग्रसर हुन बाधा पुग्नसक्छ । कला क्षेत्र र मनोरञ्जनका सामाग्रीको व्यापारबाट मनग्य आम्दानी गर्न सकिन्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथिलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठा प्राप्तीका लागि प्रतिष्पर्धा गर्ने उचित समय छ । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति बन्नेछ । कुनै कुनै बिषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन रहेको छ । कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुहोला । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ । बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिकौशल र समझदारीले व्यवस्थापन पक्षमा देखिएको कमजोरी हटाउन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला । मिहेनत अनुसारको नतिजा निकाल्न सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुढाबुढी वा पाहुनाको सेवा र हेरचाहमा खट्नुपर्ने दिन रहेको छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो होला । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रको कामविशेषले सहकर्मी वा आफुभन्दा तल्लो तहको कर्मचारीसँग विचारविमर्श हुनसक्छ । कामको चाप बढ्ने भएकाले परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुहोला । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने दिन रहेको छ । बुद्धिकौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यक्तित्व विकासका लागि राम्रो अवसर मिल्नेछ । नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । आन्तरिक सम्बन्धका लागि निकै राम्रै दिन रहेको छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहेनत गर्दा नचिताएको सफलता हात पर्नसक्छ । निणर्यात्मक शक्ति र व्यवस्थापकिय कौशलताको प्रदर्शन गरि आफ्नो छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काम गर्नुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो