८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २० गते आइतबारको तपाईँको राशिफल


२० माघ २०८१, आइतबार  

708
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते आइतबार ।

तदनुसार २०२५ फेब्रुअरी २ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४९ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन रहेको छ । मानसम्मान र प्रतिष्ठामा पनि आघात पुग्नसक्छ । जोखिम मोलेर कुनैपनि काम नगर्नुहोला । वादविवाद वा झमेलाबाट सकभर पर बसेको राम्रो । जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति बन्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनु उचित होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयासले घरायसी सुख र धनमाल जम्मा पार्न सकिने छ । जोखिम मोलेर गरेको कामबाट फाइदा मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गरि विगतमा गुमाएका बिषयवस्तु पुनः प्राप्त गर्न सकिनेछ । जिम्मेवारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईँको प्रशंसा गर्नेछन् । परदेशमा रहेका आफन्तजन वा विछोडिएका पुराना साथिभाइसँग पुनर्मिलन हुने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै परिक्षा वा प्रतिष्पर्धामा सहभागी हुँदै हुनुहुन्छ भने हिम्मतका साथ अघि बढ्नुहोला । कर्तव्यप्रति सचेत हुने वा जिम्मेवारी बोध हुने राम्रो दिन रहेको छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । दूरगामी योजनाको कार्यान्वयन गर्ने बिषयमा छलफल हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक बाध्यता वा कुनै सामाजिक काममा व्यस्त भइनेछ । अचानक प्रेमि वा जीवनसाथिसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । सेवाभाव वा धार्मिक स्वभावको उदय हुनेछ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदी व्यवसायमा हुनुहुन्छ भने निकै राम्रो दिन रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीर अस्वस्थ भएपनि काममा खट्नैपर्ने परिस्थिति बन्नसक्छ । किताब, मोबाइल, ल्यापटपजस्ता चिजहरुमा घोरिएर दिमाग भारी हुने समय रहेको छ । प्रिय मित्र वा परिवारका सदस्यहरुसँग सम्बन्धित भावनाले चिन्तित बनाउन सक्छ । जोखिम र संकट मोलेर गरेको कामको परिणाम लाभदायी हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम लाग्नसक्छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नेछ । कल्पना र भावनामा केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय रहेको छ । पेसागत सफलताका लागि प्रयास गरिने छ । पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका जिमित्त केही समय छुट्याउनु उचित होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सज्जन, विद्वान र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन रहेको छ । न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्न अनुकूल समय रहेको छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ, यद्यपी एकअर्काको भावनाको कदर गर्नु उचित होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक क्षमता र सीप बढाउने प्रयत्न गर्नुपर्ने देखिन्छ । चुनोतिपूर्ण काममा सफलता मिल्नेछ । परिक्षा र प्रतिष्पर्धामा विजय प्राप्त हुने दिन रहेको छ । बुद्धिकौशलको प्रयोग गरी सफलता कमाउने सकिने छ । समस्यामुलक कुनै काम छन् भने आफुभन्दा माथिल्लो तहको कर्मचारीको सल्लाह लिएर मात्रै अघि बढ्नु उचित होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यालयको काममा खासै परिश्रम गर्नुपर्दैन । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । जीवनसाथि र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके राम्रो होला । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । आमाको स्वास्थ्यमा समस्या देखिँदा चिन्ता बढ्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रासायनिक वस्तुहरू, पेट्रोलियम पदार्थ, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छन् । पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । मिहेनतले राम्रो नतिजा दिने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अचानक कुनै यात्राको योजना बन्नसक्छ । मन फुरुङ्ग र हलुका भएको आभाष हुनेछ । कुनै कुनै बेला अरु दिनको भन्दा केही कठोर भएको भान होला । प्रसिद्धि र मानसम्मानमा बृद्धि हुनेछ । गुरुजन, विद्वान एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्व विकासका लागि प्रयास गर्ने उत्तम समय रहेको छ । घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । जीवनसाथिको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्नेछ । एक्लै बस्ने वा घरभित्रै रमाउन मन लाग्नेछ । पारिवारिक जीवनमा उतारचढाव देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो