८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ २४ गते बिहीबारको तपाईँको राशिफल


२४ माघ २०८१, बिहिबार  

210
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी ६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४७ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला । दीर्घकालिन लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । बढि महत्वकाँक्षा राख्नाले निराशा हात लाग्नेछ । सरसापटी लिएको हिसाबकिताब मिलान गर्न सकिने छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सकिने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु आवश्यक देखिन्छ । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो दिन रहेको छ । मिहेनत र लगनशीलताले नै तपाईँलाई सफलताको बाटोमा अघि बढाउँछ । महत्वकाँक्षी प्रयासहरुमा थप जोड दिने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने हुनसक्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन रहेको छ । साँझपख मन हतास र भावुक बन्नसक्छ । खर्चमा अचानक बृद्धि हुने योग रहेको छ । जोखिम मोलेर कुनै पनि काम नगर्नु उचित होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ । खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ । घरपरिवारमा पनि समझदारी कायम रहने छ । साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतियोगिता वा प्रतिष्पर्धामा सफल भइने छ । अड्किएको कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ । सर्टकट वा छोटो बाटो छोडेर मिहेनत गरेर अगाडि बढ्नु उचित होला । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यन्वयन गर्नुपर्ने छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षमता प्रदर्शन गरी अरुमाथि छाप छाड्न सकिने समय रहेको छ । रोमान्टिक जीवनभन्दा पनि घरपरिवार र अभिभावक महत्तवपूर्ण बन्नसक्छन । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र जीवनसाथिलाई फकाउने प्रयास गर्नुहोला । व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन रहेको छ । मनमा बारम्बार नकारात्मक धारणामात्र आइरहने छ । कसैको असम्भव आशामा वा बहकाउमा नफस्नु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमिकासँग भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्नसक्छ । स्वभावमा केही कडापन देखिएको महशुस हुनेछ । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला । कामधन्दाबाट सदाझै राम्रो फल प्राप्त हुनेछ । पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य व्यवसायबाट राम्रो लाभ पाउन सकिने छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक लाभको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय रहेको छ । थोरै मिहेनत गर्दासमेत ठूलो सफलता मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्ने देखिन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु उचित हुन्छ । सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । मन हलुका र शरीर स्वस्थ भएको आभाष हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन रहेको छ । सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो