९ चैत्र २०८२, सोमबार । March 23, 2026

राशिफल अनुसार कस्तो रहला तपाईँको आजको दिन ?


१६ माघ २०८१, बुधबार  

249
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १६ गते बुधबार ।

तदनुसार २०२५ जनवरी २९, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५१ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दामा मज्जाले खट्नुपर्ने दिन रहेको छ । जीवनसाथिले आफ्नो विवशता नबुझिदिँदा दिक्क लाग्नसक्छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय रहेको छ । परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतियोगिता वा प्रतिष्पर्धामा सफल भइने दिन रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र जीवनसाथिलाई फकाउने प्रयास गर्नुहोला । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता नगर्नुहोला । समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । चिन्ता र डरले जरो गाड्नेछ । एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक होला । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ । जीवनसाथिका लागि समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ । मनोरञ्जन र घुमघामको मेसो मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गरेको मिहेनतले सार्थक परिणाम प्राप्त हुनेछ । हडबड र शीघ्रतामा कुनै काम नगर्नुहोला, समस्या पर्नसक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ । विवाद र उल्झनमा नफस्नुहोला, अन्यथा कलहको वातावरण बन्नसक्छ । आयका दृष्टिले भने थप धनार्जन गर्न सकिने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ कामको प्रास्ताव आउनुका साथै बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अरु दिनको भन्दा धेरै मिहेनत गर्नुपर्ने देखिन्छ । आजको प्रयासले भविष्यका लागि विशेष अवसर प्राप्त हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरिघरि मन अशान्त हुने भएकाले सकभर एक्लै नबस्नुहोला । आँटेको काममा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । विश्वासपात्रले नै गोपनीयता भंग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा आवश्यक्ता भन्दा बढी नखुल्नुहोला । ज्ञान र क्षमता बढाउन उत्सुक भइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय रहेको छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अभिव्यक्ति कौशलमा निखार आउने छ । अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको अवसर मिल्नसक्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्नेछ तरपनि भौतिक सुख र आनन्दको चिन्ताले भने सताउन सक्छ । कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । आयको मार्गहरु सबल भइने छ । बोली र व्यवहारमा निकै सतर्कता अपनाउनु होला । थप हौसाला जाग्नुका साथै केही नयाँ गर्ने प्रयास हुनेछ । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन रहेको छ । मन हतास र भावुक बन्नसक्छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ । लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो