९ चैत्र २०८२, सोमबार । March 23, 2026

राशिफल अनुसार तपाईँको आजको दिन कस्तो छ ?


१३ माघ २०८१, आइतबार  

300
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १३ गते आइतबार ।

तदनुसार २०२५ जनवरी २६, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । कामप्रतिको समर्पणले प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिष्ठा र मानसम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । शरीरमा चोटपटक लाग्न सक्ने सम्भावना रहेकाले सचेत हुनुहोला । कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने कानूनी पाटो ख्याल गर्नुहोला । परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउन सकिने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ । मन उत्सुक र आशावादी बन्ने दिन रहेको छ । कुनै महत्वपूर्ण निर्णय लिँदा ढुक्क भएर लिनुहोला । आजको निर्णयले भाग्यको ढोका खुल्न सक्छ । पारिवारिक जीवन र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय रहेको छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफूले चिताएको काम सम्पन्न हुनेछ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने समय रहेको छ । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ । प्रतिद्वन्द्वी वा प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, सचेत हुनुहोला । गोप्य कुरा बाहिरिनाले समस्यामा पर्न सकिनेछ । समझदारीले हरेक समस्या समाधान गर्न सकिने छ । परिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमात्रै थप सन्तुष्टि मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन अशान्त रहनाले बुद्धि र विवेकको समेत सही प्रयोग गर्न सकिँदैन् । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । साथीभाइ र इष्टमित्रसँग रमाइलो गर्दै आजको दिन बित्नसक्छ । सामाजिक वा परोपकारी काममा दिलजस्पी जाग्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि हुने देखिन्छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुनेछ । उपहार वा धन प्राप्त हुने योग रहेको छ । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला, अन्यथा झमेलामा फस्नसक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तित्व विकासका लागि प्रयास गर्नु उचित होला । घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैलीमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानीमा उतारचढाव आउने देखिन्छ । सामान्य लापरवाहीले समेत दण्ड÷जरिवानामा पर्न सकिन्छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती होला । तालासाँचो र राखनधरनमा समेत सावधानी र सतर्कता अपनाउनु होला । मानसिक शान्ति र विश्रामप्रति ध्यान दिनु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने योग रहेको छ । कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बन्नसक्छ । परिक्षा दिएर नतिजाको प्रतिक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा आँटेको काम पूरा गर्न सजिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पुरस्कार वा मानसम्मान पाउने योग रहेको छ । कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने बिषयमा छलफल हुनसक्छ । कार्यक्षेत्रमा निकै व्यस्त भइनेछ । उच्चपदस्थ र महत्वपूर्ण व्यक्तिहरुसित मित्रता हुने देखिन्छ । समय व्यवस्थापन गर्न नसक्दा प्रेम सम्बन्धमा खटपट हुनसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो