९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ ११ गते शुक्रबारको तपाईँको राशिफल


११ माघ २०८१, शुक्रबार  

423
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ ११ गते शुक्रबार ।

तदनुसार २०२५ जनवरी २४, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तन्त्रमन्त्र,, साधना एवं कुनै रहस्यात्मक बिषयमा रुचि बढ्न सक्छ । कडा मिहनेत गरि नसुल्झिएको समस्यालाई हल गर्न सकिनेछ । स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला । जीवनसाथिको भावना बुझिदिनुका सथै व्यवहारिक बन्नु राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमि वा जीवनसाथिका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नसक्छ । दुविधा र दोधारको अवस्थामा कुनै महत्वपूर्ण निर्णय लिनु उचित नहोला । व्यस्तता बढ्ने देखिएपनि मन प्रसन्न रहनेछ । केही समय जीवनसाथि वा परिवारका लागि छुट्याउनु उचित होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कामहरु सजिलै सम्पन्न हुनेछन् । झगडा र कलहबाट टाढा बसेकै जाती होला । जिद्दीपना र घमण्ड बढ्ने देखिन्छ । काम र जिम्मेवारिप्रति समेत लगाव देखिँदैन । अनावश्यक काममा समय खेर फाल्नु उचित नहोला । क्षमता प्रदर्शन गरि प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कल्पना र भावनामा रुमलिन सकिनेछ । कामबाट फुर्सद निकालेर कुनै नजानेको बिषयवस्तुको ज्ञान हासिल गर्ने कोसिस हुनेछ । अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । कसैको चित्त दुखाएर कुनै पनि काम नगर्नुहोला । धन कमाउने लोभमा जोखिम मोलेर काम गर्नुभयो भने ठूलो हानि व्यहोर्नुपर्ने हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ व्यापार व्यवसायमा लगानी गर्ने सोच्नुभएको छ भने आजको दिन उपयुक्त छैन् । समय व्यवस्थापन गर्न नसक्दा परिवारका सदस्यहरुले खिन्नता प्रकट गर्नेछन् । पराईसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक होला । कुनै समस्या छ भने परिवारका सदस्य वा मन मिल्ने साथिसँग बताउनु ठिक होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै नजानेको कुराले अलमलमा पर्नुभएको छ भने साथिहरुसँग छलफल गरी जानकारी लिनुहोला । नयाँ काम सिक्न पाइने योग रहेको छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रुपमा समृद्ध बन्न मद्दत पुग्नेछ । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा मनमा शान्तिको अनुभूति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ । खर्च बढ्ने भएकाले खर्चको जोहो गरेर मात्रै यात्रा गर्नुहोला । आर्थिक कारोबार गर्दा जोखिम रहेकाले विशेष ध्यान दिनुहोला । कुनै करार वा सम्झौता गर्नछ भने राम्ररी पढ्नु उचित होला । अठोट र निर्णयहरुमा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्नुहोला, सफलता मिल्नेछ । मिहेनत र लगनशीलताले सफलता तर्फ डोहोर्याउने छ । भविष्यसँग सम्बन्धित बिषयहरुमा थप जोड दिनुहोला । आफूलाई उर्जावान र जीवन्त महसुस गर्ने दिन रहेको छ । व्यक्तित्व निर्माणका साथसाथै शारीरिक सुगठनतर्फ ध्यान केन्द्रित हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । कुनै नयाँ योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा चिन्तन गर्नुहोला । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ । सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, अन्यथा झमेलामा पर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानीका स्रोतहरु बढ्नेछन् । दिर्घकालीन फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्यपक्षका काम गर्न अनुकूल समय छ । जोखिम मोलेर गरेको कामबाट फाइदा मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गरि विगतमा गुमाएका बिषयवस्तु समेत पुनः प्राप्त गर्न सकिने छ । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विशेष कामले गर्दा बाहिर निस्कनुपर्ने परिस्थिति बन्नसक्छ । मनमिल्ने साथि वा आत्मीय जनको स्वास्थ्यगत समस्याले चिन्ता बढाउन सक्छ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन । पारिवारिक जिम्मेवारी बढ्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुने । दिन दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । मन हलुका र चङ्गा हुने दिन हो । प्रेमि वा जीवनसाथिका तर्फबाट सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईँको प्रेमसम्बन्धको दीगो प्रतिक बन्नसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो