२८ पुस २०८२, सोमबार । January 12, 2026

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा



काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा. कुन्दन अर्याल परिक्षाको नतिजा लुकाएको भन्दै विवादमा तानिएका छन् ।

विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय (डिन) कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आएको छ । तर, विभागले भने १५ दिनसम्म विद्यार्थीहरुलाई यसबारे जानकारी नै दिएन । अझैसम्म औपचारिक रुपमा नतिजा सार्वजनिक नगरेपनि माघ ७ गतेदेखि भने विद्यार्थीहरुलाई व्यक्तीगत रुपमा प्रशासनका कर्मचारी एकराज कँडेलमार्फत जानकारी दिन थालेको छ ।

सवैभन्दा बढी सरोकार रहने परिक्षाको नतिजालाई नै लामो समय लुकाएपछि विद्यार्थीहरुले नै विभागिय प्रमुख डा। अर्यालको राजीनामा मागेका छन् । विभागमा विद्यार्थी संयोजकको भूमिकामा रही विभिन्न कार्यक्रमहरु गर्दै आएका चौथो समेस्टरका विद्यार्थी बाबुराम आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नतिजा समयमै सार्वजनिक नहुनुमा विभागिय प्रमुख डा.अर्याल दोषी रहेको भन्दै राजीनामा माग गरेका छन् ।

‘ १५ दिनसम्म विद्यार्थीको रिजल्ट सार्वजनिक नगर्ने गैरकानूनी, अब्यवहारिक, परम्पराविरोधि, अनैतिक तथा अत्यन्तै गैरजिम्मेवार कार्य गरेकोमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय बिभागका विभागीय प्रमुख कुन्दन अर्यालको तत्काल राजीनामाको माग गर्दछु’ उनले लेखेका छन्, ‘ सत्य तथ्य छानविन गरि नतिजा लुकाउन संलग्न अन्य कोही पनि दोषी भेटिएमा कडा कारबाहीका लागि डिन कार्यालय, भिसि, रेक्टर, रजिस्टार, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलगायत सरोकारवालामा ध्यानाकर्षणसमेत गर्दछु ’ स–साना भेटघाटका कार्यक्रमको तस्विरसमेत विभागको आधिकारिक वेवसाईट, फेसबुक, एक्स (ट्वीटर), टिकटकलगायतका माध्यममा राख्ने विभागले तेस्रो सेमेस्टरको नतिजा लुकाएर राख्नुलाई रहस्यका रुपमा विश्लेषण गरिएको छ ।

विभागिय प्रमुख डा.अर्यालले एमफिल, पीएचडी तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अनुहार हेरेर, चाकरीको भरमा परिक्षाको नम्बर दिने गरेको आरोप समेत लाग्दै आएको छ । यसअघि डा.अर्यालले विश्वविद्यालयले तोके अनुसार न्यूनतम हाजिर नभएका विद्यार्थीबाट आर्थिक लाभ लिएर परिक्षा दिन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । विभागमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विभागीय प्रमुख डा.अर्यालको कार्यशैलीसंग असन्तुष्ट रहेपनि परिक्षाको नम्बरमा असर पर्ने भन्दै बोल्न डराउछन् ।

यस्तै उनले विभागमा कार्यरत स्थायी तथा पुराना प्राध्यापकहरुलाई पाखा लगाएर नयाँ प्राध्यापकहरुलाई स्थान दिएको आरोप समेत लागेको छ । विभागले आयोजना गरेको कार्यक्रमहरुमा पुराना प्राध्यापकहरु उपस्थिति नहुने र नयाँहरुको हालीमुहाली हुने भन्दै विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

विभागिय प्रमुख डा.अर्यालको कार्यशैलीप्रति असन्तुष्टि भएपनि विद्यार्थीहरु फेल हुने डरले बोल्न डराउने गरेका छन् । विभागिय प्रमुखको एकपछि अर्को बदमासीका घटनाहरु सार्वजनिक भएपनि डिन कार्यालय तथा अन्य नियामक निकायले चासो नदिने कारणले गर्दा पत्रकारिता तथा आम सञ्चार विभाग विवादको घेरामा त परेको छ नै पत्रकारिता तथा आम सञ्चार विभाग जस्तो त्रिभूवन विस्वविद्यालयको इज्जत र प्रतिष्ठाको रुपमा रहेको नैतिक केन्द्रको भविष्य नै संकटग्रस्त हुने देखिन्छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  २ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले