९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ १० गते बिहीबारको तपाईँको राशिफल


१० माघ २०८१, बिहिबार  

339
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १० गते बिहीबार ।

तदअनुसार २०२५ जनवरी २३, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५४ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३७ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ । कुनै कुराले मनलाई अशान्त बनाइरहेको छ भने मनमिल्ने साथिलाई सुनाउनु उचित होला । रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादुटुनाका बिषयमा रुचि बढ्न सक्छ । नसोचेको धन हातलागि हुनुका साथै कुशल नेतृत्व र व्यवस्थापकिय क्षमताको उपयोग हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यस्थितिमा कमजोरी देखिन सक्छ । स्वभावमा अस्वभाविकता देखा पर्ने हुनाले कलहबाट सकेसम्म टाढा बस्नुहोला । कलह र विवादको योग रहेकाले कम बोल्नु उपयुक्त होला । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्ने समय रहेको छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
तालिम वा ज्ञान बढाउने बिषयमा सरिक हुने र लाभ पाउने समय रहेको छ । कल्पना र भावना साकार हुने देखिन्छ । प्रेमि वा जीवनसाथिका कुरा सुन्ने गर्नुहोला, अन्यथा खटपटको अवस्था देखिन्छ । बहस र विवादमा पकड भएको समय रहेकाले तौलेर बोलेको ठिक होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । पारिवारिक खुसिलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ । आर्थिक कारोबारमा सकभर पछि हट्नु ठिक होला । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ । घोरिएर बस्नुभन्दा अभिभावकसँग आफ्ना कुरा राखि निकास खोज्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्यात्मिक मनोभावको विकास हुनेछ । मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति मिल्नेछ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनुका साथै कलात्मक बिषयमा रुचि जाग्नेछ । साथिभाईसँग रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन् । आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने देखिन्छ । आर्थिक पक्ष कमजोर भएमा जीवनसाथिको सहायता लिनु उपयुक्त होला । सञ्चारमाध्यमबाट शुभ सन्देश आउन सक्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जीवनसाथिसँग कुनै पनि कुरो नलुकाउनु होला, अन्यथा भविष्यमा कलहको विजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहेनत गर्दा असम्भव कामहरु पनि सम्भव हुनेछन् । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुनुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नखोल्नुहोला, अन्यथा बेकारको अफवाह फैलने डर छ । विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय छ । ढुवानी, यातायात वा मार्केटिङ जस्ता व्यवसायबाट राम्रो लाभ लिन सकिने छ । आफ्नो काममा आफू स्वयं उपस्थित भएको राम्रो होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्दा राम्रो हुन्छ । मनमा वैराग्य र निराशाको भाव पलाउने देखिन्छ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्रीको कारोबारमा लाभ पाउन सकिने छ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ । घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । काम र कर्तव्यप्रति दिलजस्पी जाग्नेछ । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । पुरस्कार प्राप्त गर्ने योग रहेको छ । आलस्यपन त्यागेर मिहेनत गरेमा राम्रो उपलब्धि हासिल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाग्यले राम्रो साथ दिएको छ । कुनै प्रदर्शन वा प्रतिष्पर्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता मिल्नेछ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगी भावना पलाउने देखिन्छ । सहयोगीको साथ नपाउँदा एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । शारीरिक अस्वस्थता देखिनसक्छ । आर्थिक कारोबारमा सकभर आफैँ खटेको जाती होला । भविष्यको चिन्ताले सताउने समय छ । शान्त र संयम भएर जीवनसाथी र घरपरिवारसँगै समय व्यतित गरेको राम्रो होला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो