९ चैत्र २०८२, सोमबार । March 23, 2026

यस्तो छ माघ ९ गते बुधबारको तपाईँको राशिफल


९ माघ २०८१, बुधबार  

462
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ ९ गते बुधबार ।

तदनुसार २०२५ जनवरी २२, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३६ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउन पाइने छ । जीवनसाथिको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । कला वा अभिनय क्षेत्रको शिक्षार्थी हुनुहुन्छ भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला । भविष्यमा काम आउनेछ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति आकर्षणसमेत बढ्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको बोझ बढ्नेछ । जुनसुकै काममा प्रशासनिक समस्या र कानूनी पक्षबारे चिन्तन गर्नु ठीक होला । आडम्बर र घमण्डले समस्यामा पार्नसक्छ । बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । घरपरिवारबाट सुखद समाचार आउनेछ । घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्नसक्ने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदीका व्यापारिका लागि निकै राम्रो दिन रहेको छ । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । आन्तरिक प्रतिभाको प्रस्फुटन हुनुका साथै कला र साहित्यप्रति झुकाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्र र परिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्दा सफल भइनेछ । तामेलिमा परेका बिषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । शंकालु बानी र विश्वासको कमिले आपसी समन्वय कमजोर बन्नसक्छ । मन अशान्त भएझै लाग्नेछ सकभर एक्लै नबस्नुहोला, अन्यथा नकारात्मक भावनाले कमजोर बनाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पारिवारिक दायित्व र जिम्मेवारी बढ्नसक्छ । बरु दाजुभाई वा माइतीपक्षको सहयोग जुटाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय रहेको छ । सामूहित क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरु प्रकट हुनेछ । आनन्दका साथ आजको दिन वित्नेछ । जीवनसाथिको पदप्रतिष्ठामा अभिबृद्धि हुनुका साथै आम्दानीका मार्गहरु पनि बढ्ने संकेत छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ । प्रेरणादायी व्यक्तिसँग चिनजान वा मित्रता हुने देखिन्छ । जीवनसाथिले तपाईँको भावना बुझिदिनाले मनमा शान्तिको आभास हुनेछ । मनमा अनावश्यक डर उत्पन्न हुनसक्छ । कुनै नयाँ काम गर्दा हडबडी र शीघ्रता नगर्नु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जुनसुकै काम गर्दा विशेष सावधानी अपनाउनुहोला । मनको हठ र कुण्ठामा भुलिने समय छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ । नजिकैको आफन्त वा मनमिल्ने साथिसँगको साझेदारीमा कुनै कारोबार गर्दै हुनुहुन्छ भने विशेष सावधानि अपनाउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । नयाँ योजना कार्यान्वयन गर्नका लागि उपयुक्त समय रहेको छ । दीर्घ प्रयोजनको लाभमूलक काम गर्दै हुनुहुन्छ भने प्रशासनिक तौरतरिका बुझ्नु उपयुक्त होला । आफ्नो सोख पुरा गर्नका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यक्तित्व विकासका लागि प्रयास गर्नुहोला । जीवनसाथिको तर्फबाट कुनै खुसीको कुरा सुन्न पाइने छ । मिहेनत र कर्मठताले कामधन्दामा प्रगति हुनेछ । वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने वा सम्बन्ध कायम हुनसक्छ । परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट वा कम्प्यूटरसम्बद्ध कामबाट विशेष फाइदा मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीर हलुका र मन प्रसन्न रहनेछ । विशेष व्यक्तिसँग भेटघाटको अनुकूलता मिल्नेछ । व्यक्तित्वमा घमण्ड र अहंकारले प्रवेश पाउनेछ । धार्मिक वा सामाजिक काममा समय दिनुपर्ने हुनसक्छ । आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकाग्रताका लागि ध्यान र योग गर्नु उचित होला । बढ्दो ऋणभार र खर्चबृद्धिले तनाव बढ्नसक्छ । विपरित परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दास्ताबेज बाहिरिनाले चिन्ता बढ्ने देखिन्छ, त्यसैले सचेत र संयम भएर अघि बढ्नुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो