९ माघ २०८१, बुधबार । January 22, 2025

प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या प्रकरणः दोषी ठहरिएका सञ्जयलाई आजीवन काराबास



एजेन्सी । भारतमा एक पशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या गरेको आरोपमा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन काराबारको सजाय सुनाइएको छ ।

सियालदह अदालतले सोमबार रोयलाई यस्तो सजाय सुनाएको हो । ५ माघमा न्यायाधीश अनिर्बान दासको एकल इजलासले रोयलाई बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर गरेको थियो । अदालतले घटनाको १ सय ६२ दिनपछि फैसला सुनाएको थियो । उनलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको थियो ।

सीबीआईले रोयलाई मृत्युदण्ड दिन माग गरेको थियो । गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यू १९ महिला विश्वकपः नेपालले आज अस्ट्रेलियाको सामना गर्दै, जित्नैपर्ने दबाब

काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला विश्वकप अन्तर्गत

सहकारी ठगी प्रकरणः रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र

नाइजेरियामा पेट्रोल ट्याङ्कर विष्फोट, कम्तिमा ९८ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु

आजको विनिमयदरः आजपनि बढ्यो अमेरिकी डलर, अन्य कुन-कुन देशको मुद्रा बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (बुधबार) का लागि

आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको