२८ फाल्गुन २०८२, बिहिबार । March 13, 2026

राशिफलमा माघ ७ गते सोमबारको तपाईँको भाग्य…


७ माघ २०८१, सोमबार  

522
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ ७ गते सोमबार ।

तदनुसार २०२५ जनवरी २०, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५४ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गरेको मिहेनतले सार्थक परिणाम प्राप्त हुनेछ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ । प्रतिष्र्धा र परिक्षामा सफलता पाउने दिन हो । राम्रो नतिजाको खोजिमा हुनुहुन्छ भने गोप्य ढंगले तयारी गरेको राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्ने देखिन्छ । चुनौतिपूर्ण काम भएपनि सफलता तपाईँको पोल्टामा छ । गोपनीयता कायम राखि काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिनेछ । घरपरिवार र सन्तानलाई समय दिनुपर्ने हुन्छ । जीवनसाथिलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकुल समय देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय छ । कारोबारमा ध्यान केन्द्रित नभएपनि आर्थिक सन्तुलन कायम रहने दिन छ । विभिन्न कुराको लाभ पाउने समय छ । शत्रुहरुबाट सचेत रहनुहोला अन्यथा मन खिन्न हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ । आजको दिन रमाइलो गतिविधिमा सरिक हुँदै व्यतित हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्र वा अनावश्यक बिषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथिको इच्छाअनुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुनसक्छ । खर्च बढ्ने दिन भएकाले बजेटको राम्रो व्यवस्था गरेर मात्रै यात्रा गर्नुहोला । बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ । कतिपय बिषयमा बोलेकै भरमा काम सम्पन्न हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आशा मरेको वस्तु वा धन हात पार्न सकिने योग छ । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटी सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ । भावना साटासाट र्गै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निकस्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो । मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम मोलेर कुनैपनि काम नगर्नुहोला । दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती होला । आनन्दप्राप्तिका लागि एक अर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन । एकआपसमा समर्पित भएमा मात्र प्रेम सम्बन्ध सफल हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कारोबारमा राम्रै फड्को मार्ने समय रहेको छ । लागि परेमा बर्षौदेखि रोकिएको काम बन्नसक्छ । पारिवारिक सुखमा अभिबृद्धि हुनुका साथै सन्तानबाट समेत सन्तोष मिल्ने छ । ज्ञान र अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण बिषयमा लाभ लिन सकिने छ । लक्ष्यप्रति केन्द्रित भएर लागि परेमा ठूलो सफलता पाउने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामधन्दामा सँधैको भन्दा बढी खट्नुपर्ने हुनसक्छ । जीवनसाथिले आफ्नो विवशता नबुझिदिँदा दिक्क लाग्नसक्छ । कुनै नयाँ बिषयवस्तु वा प्राविधिक ज्ञान तर्फ रुचि बढ्ने देखिन्छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्ने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो । सहयोगीहरुको समेत साथ पाउनाले आत्मबल र हिम्मत बढ्नेछ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ । बौद्धिक र ज्ञानमूलक बिषयमा रुचि बढ्नेछ । सुखद समाचार सुन्न पाउँदा मन प्रफुल्लित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहकर्मीहरुसँग समन्वय गरी अघि बढ्ने समय हो । कसैको दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । आफ्नै वा परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक बिषयमा रुचि जाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अभिनय, कला र साहित्यका बिषयमा रुचि जाग्ने समय छ । बाह्य बिषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ । अरुको कुरालाई व्यवास्था गर्दै आफ्नो काममा ध्यान दिनुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по