९ चैत्र २०८२, सोमबार । March 23, 2026

हेर्नुहोस माघ ५ गते शनिबारको तपाईँको भाग्य


५ माघ २०८१, शनिबार  

393
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ ५ गते शनिबार ।

तदनुसार २०२५ जनवरी १८, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३३ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमसम्बन्धमा उतारचढाव आउनेछ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र गरगहनाको कारोबारबाट लाभ लिन सकिने छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । आत्मिय आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ । आफ्नो गोप्य कुरा बाहिरिनाले समस्यामा पर्न सकिनेछ । आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । मन हलुका र शरीर स्वस्थ्य रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको चाप बढ्ने भएकाले परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुहोला । आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋण रकम उठाउने समय रहेको छ । धनको स्थिरतामा ध्यान दिनु आवश्यक देखिन्छ । औजार, हातहतियार, किराना सामाग्री र सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ । घरपरिवारका सदस्यहरुसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परिक्षा, प्रतियोगिता वा प्रतिष्पर्धामा विजय प्राप्त गर्ने दिन हो । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दाीमा बृद्धि हुने देखिन्छ । कार्यक्षेत्रमा पनि आफ्नो बोली र कामको कदर हुनेछ । पारिवारि माहोल रमाइलो नै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आध्यात्मिक वा दार्शनिक बिषयवस्तुप्रति मोह जाग्नेछ । नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारदर्शिता नहुँदा सम्बन्धमा विश्वासको संकट हुनसक्छ । सुखद वातावरणमा आनन्दपूर्वक समय व्यतित हुनेछ । कारोबारमा झट्ट अर्काको विश्वास नगर्नुहोला, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन । अन्यथा आकस्मिक रुपमा नोक्सानी व्यहोनुपर्ने हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आशावादी भएर लक्ष्यप्रति केन्द्रित भएमा आँटेको काम पूरा गर्न सजिलो हुनेछ । साथिभाइको क्रियाकलापले तपाईँको चिन्ता बढ्नसक्छ । आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने योग छ । बुद्धि र विवेकको प्रयोग गरेमा रोकिएको कामले निकास पाउनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साथिभाइको सहयोग प्राप्त हुनुका साथै आफुले गरेको प्रयासहरुमा सफलता मिल्नेछ । थप मिहेनत गर्ने हौसला प्राप्त हुनेछ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आफूभन्दा जान्नेबुझ्नेको सहयोग लिएमा सफल भइनेछ । दाम्पत्य जीवन सुखमय नै देखिन्छ । जिम्मेवारी र दायित्व बढ्ने समय रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ कार्यको थालनी हुने वा सानो प्रयासले ठूलो सफलता मिल्नसक्ने समय रहेको छ । फूर्तिका साथ जिम्मेवारी र दायित्व पूरा गर्ने दिन हो । सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सकिनेछ । प्रशस्त सम्भावना र उपलब्धिहरु भएको राम्रो दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शरीरमा थकानको अनुभूति हुनुका साथै उत्साहमा कमी आउने समय छ । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ । ससाना कुरामा मन आत्तिनेछ । समय र परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन उत्सुक र आशावादी बन्नेछ । कुनै महत्वपूर्ण निर्णय लिँदा दोधारमा नरहनुहोला, तपाईँको आजको निर्णयले भाग्यको ढोका खुल्नेछ । मिहेनतले पदीय जिम्मेवारी बढ्नुका साथै इच्छाएको अवसर प्राप्त हुनेछ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चुनौतीका बीच मोटो रकम हातलागी हुनसक्छ । रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, व्यक्तित्व र जिम्मेवारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । कुनै नबुझेको कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयास गर्नुहोला ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो