९ चैत्र २०८२, सोमबार । March 23, 2026

माघ ४ गते शुक्रबारको तपाईँको राशिफल


४ माघ २०८१, शुक्रबार  

438
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ ४ गते शुक्रबार ।

तदनुसार २०२५ जनवरी १७, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३२ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

माघ ४ गते शुक्रबारको तपाईँको राशिफल
बौद्धिकतामा निखार आउनुका साथै बिषयवस्तुप्रति गम्भिर बन्ने समय रहेको छ । शिक्षादीक्षाका क्षेत्रमा लागेको व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन रहेको छ । ज्ञानगुन, अध्यात्म र दार्शनिक बिषयमा समेत आकर्षण बढ्ने देखिन्छ । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनसाथि वा घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीको मार्गहरु सहज हुने सुन्दर दिन रहेको छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ योजना बनाउनका लागि उचित समय रहेको छ । कुनै नयाँ ठाउँमा भ्रमणमा निस्कने योगसमेत रहेको छ । नजानेको वा नसुल्झिएको बिषयवस्तुमा सहपाठीको सहयोग लिनु उचित होला । उत्कृष्ट खाना, रमाइलो पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन । व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, वा नोकरीका बारेमा आकर्षण छ भने अनुभविको राय लिएर मात्रै अघि बढ्नुहोला । समुचित कार्यका लागि सकेसम्म कम बोलेको ठीक हुन्छ । धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ । घरबाट कुनै धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारमा सुखसुविधाको जोहो गर्ने समय रहेको छ । फुटकर सामग्रीको विक्रि वितरण वा खाद्ययसामग्रीको कारोबार छ भने अझै राम्रो गर्न सकिने छ । कामको चापबाट केही फुर्सद मिल्नेछ । जीवनसाथिका साथमा कुनै सानोतिनो यात्रामा निस्कने योग रहेको छ । भाग्यको समेत साथ पाउनाले सानो प्रयासमा राम्रो नतिजा निकाल्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राखनधरनप्रति सचेत हुनुका साथै तानासाँचो बलियो बनाउनुपर्ने देखिन्छ, अन्यथा धनमाल चोरी हुनसक्ने खतरा देखिन्छ । महत्वहीन र बेकारको काममा समय नबिताउनुहोला । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा बिषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन । भावनात्मक कुराले मनलाई बहकाउन सक्छ सचेत हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एकअर्काको भावना बुझेर अघि बढ्दा प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ । केही समय घरपरिवार वा आफन्तको लागि पनि छुट्याउनु उचित होला । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने योग रहेकाले कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबब्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नेछन् । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । सानो मिहेनतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काममा पनि सकारात्मक नतिजा हात पर्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनोट गर्नसके हरेक कदम सफल हुनेछ । कुनै नौलो बिषयको अनुभव प्राप्त हुनेछ जसले गर्दा तपाईँको कार्यशैलीमा सुधार आउने देखिन्छ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त वा साथिभाइमा विरोधाभास र मतभेद बढ्ने समय छ । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु उचित होला । चुनौतीका बीचमा सम्भावनाका बाटाहरु समेत फेला पर्नेछन् । ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने होला । कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने कानूनी पाटो ख्याल गरी अघि बढ्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । मिलनसार स्वभावको विकास हुनुका साथै ठूलाबडासँग सम्बन्ध बन्नेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले राम्रो लाभ पाउनेछन् । वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिले भावुक बनाउनसक्ने समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सानातिना विवादको व्यवास्ता गर्दै अघि बढे ताकेको काम सम्पन्न हुनेछ । शत्रु वा प्रतिष्पर्धीसँग सतर्क रहनुहोला । रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । सोचबिचार गरेको निर्णय लिँदा सुखद अनुभव प्राप्त गर्न सकिने छ । बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्न नसक्दा मानसिक उल्झन बढ्नेदेखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो