२८ पुस २०८२, सोमबार । January 12, 2026

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु



बुटवल । रुपन्देहीको कपिलवस्तुमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

यस्तै एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गए राति करिब १०ः३० बजे नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका ३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना ४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्।

उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्।

उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले