९ चैत्र २०८२, सोमबार । March 23, 2026

हेर्नुहोस माघ २ गते बुधबारको तपाईँको राशिफल (भिडियो सहित)


२ माघ २०८१, बुधबार  

906
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल माघ २ गते बुधबार । तदनुसार २०२५ जनवरी १५ ।

नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । अब सुरु गरौँ ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नुभएको आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बैचारिक मतभेद र तालमेल नमिल्दा दाम्पत्य जीवनमा खटपट हुनसक्छ । घरको वातावरण व्यवस्थित र रमाइलो नै रहनेछ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अपठ्यारोमा पर्ने सकिनेछ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन । घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्नुपर्ने दिन रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथीसँगीसित रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर परिस्थिति अनुकुल बनाउन सकिने छ । इष्टमित्र र साथिभाइको दरिलो साथ पाइने छ । परोपकारी र साहसी काम गर्ने समय रहेको छ । खर्च बढ्ने योग रहेकाले कतै जाँदा आर्थिक अवस्था बलियो बनाएर मात्रै यात्रा गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अठोट र निर्णयहरुमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ । बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुनै उचित होला । विद्वान र गुरुजनको प्रेरणा पाउने समय छ । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्धारा प्रतिष्ठा पाउन सक्नुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । दायित्व र जिम्मेवारिको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुन आवश्यक छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ । नयाँ ढंगले अघि बढ्ने प्रयास गर्दा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै काममा अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ । जोखिमयुक्त काममा सहभागिता नजनाउनुनै उपयुक्त होला । सहयोगीबाट विश्वासघात हुने भएकाले आफ्नो काममा आफै खट्नुहोला । व्यापार व्यवसायमा मन्दी छाउने सम्भावना देखिन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जोखिम मोलेर गरेको कामबाट फाइदा मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका बिषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिनेछ । पारिवारिक माहोल ठीकै देखिन्छ, यद्यपी अहंकार र घमण्डलाई कन्ट्रोल गर्नु उचित होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नुका साथै काम विशेषले कतै टाढा जानुपर्ने बाध्यता आउनसक्छ । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ । मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट राम्रो लाभ लिन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
थोरै प्रयास गर्दा आम्दानीको मार्ग बढाउन सकिने समय छ । घरपरिवार वा आफन्तका लागि केही समय छुट्याउनु उचित होला । कुनै प्रतिष्पर्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै नयाँ र नौलो बिषयवस्तुको जानकारी लिन सकिने दिन छ । कुनै कुरामा हडबड र शीघ्रता हानिकारक हुनसक्छ । जोखिम र संकटले भरिपूर्ण समय रहेकाले सचेत रहनुहोला । नैराश्यता र दिकदारी बढ्नुका साथै परिबन्द र बाध्यताले समेत चिन्ता बढाउनेछ । स्वभावगत कमजोरी वा उदार मनावृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठानसक्छन् । होसियार रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रा वा नयाँ डिजाइनका लुगाफाटा पहिरिने सौख जाग्नेछ । आफ्नै लागि वा जीवनसाथिका लागि गरगहना खरिद गर्ने मनसाय बन्नसक्छ । सधैँभन्दा बढी व्यस्त हुने समय हो । खटाइअनुसारको फाइदा समेत मिल्नेछ । जीवनसाथि र छोराछोरीका लागि केही समय छुट्याउनु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यगत कमजोरिले प्रेम सम्बन्ध प्रभावित बन्नसक्छ । शत्रु र विरोधीहरुसँग डटेर प्रतिष्पर्धा गर्ने समय रहेको छ । पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि आजको दिन राम्रो रहेको छ । साथिभाई र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिक्षा, प्रतियोगिता वा अन्तर्वाता आदीको तयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला । तीव्र इच्छाशक्ति र आन्तरिक उर्जाको उदय हुने दिन छ । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभाावित बनाउन सकिने छ । कुनै ज्ञानवर्दक क्रियाकलापमा दिलजस्पी राख्नुका साथै अझ धेरै मिहेनत गर्नुपर्ने देखिन्त ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

भिडियोः

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो