२७ पुस २०८२, आइतबार । January 12, 2026

गुल्मीबाट प्यूठान गौमुखी जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते



गुल्मी । गुल्मी र प्युठान जिल्लाको सिमाना अग्लुङ्ग फेदीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

मालिका गाउँपालिका ८, सिमलटारीदेखि प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार जीपमा १२ जना सवार रहेका थिए । जीपमा सवार सबै १२ जनानै घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र विभिन्न अस्पतालहरुमा उपचारका लागि पठाइएको छ । जीपमा सवार सबै माघे संक्रान्तीका दिन धार्मिक स्थल गौमुखीमा दर्शन र मेला अवलोकनका लागि जाँदै थिए । सवारी चालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। जीप सडकदेखि १० देखि १५ मिटर तल खसेको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले