२ चैत्र २०८२, सोमबार । March 17, 2026

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित


२६ पुस २०८१, शुक्रबार  

99
Shares

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् ।

बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् । सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन भएका छन् ।

सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन् । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन दिपेश, प्रेस सेन्टरको संस्थापक मनऋषि धिताल, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपायध्यक्ष कमल गिरी, उपाध्यक्ष गंगा पौडेल बराल, प्रेस सेन्टर उपत्यका प्रदेशका इन्चार्ज निर्मल ज्ञवाली, केन्द्रीय उपमहासचिव रामकृष्ण अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, हरि लामिछाने, नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमितिका संयोजक लेखनाथ न्यौपाने, निवर्तमान केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस सेन्टर नेपाल उपत्यका कार्यसमितिका अध्यक्ष नवराज दाहाल, मिलन नेपालीकी जीवनसंगिनी सबिता बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर नेपालको पाँचो अधिवेशनमा जनार्दन पोखरेल र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाल पुरस्कृत समेत भएका छन् । नेपालखबरकर्मी पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित भएका हुन्। नेपालखबरका उप–सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष तथा पत्रकार नवराज दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको थियो।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पोखरेल र दाहाललाई पुरस्कार रकमसहित सम्मान–पत्र प्रदान गरे।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по