२७ पुस २०८२, आइतबार । January 12, 2026

रविलगायतको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, पोखरामा सुरक्षा व्यवस्था कडा



कास्की । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेसहितको मुद्दामा आज थुनछेक आदेश आउने सम्भावना छ ।

प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेको र आज सरकारी वकिलको तर्फबाट जवाफी बहस गरेपछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् । थुनछेकको आदेश आउने सम्भावना बढेपछि आज जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले