९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष २४ गते बुधबारको तपाईँको राशिफल कस्तो छ ?


२४ पुस २०८१, बुधबार  

0
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २४ गते बुधबार । ई.सं. २०२५ जनवरी ०८, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा लागि शुभ समय बिहान ६ः५५ मिनेट देखि ८ः१४ बजे सम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहेनतको बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने योग छ । लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्नेछ । चिन्तालाई त्यागेर नयाँ ढंगले अघि बढ्ने प्रयास गर्दा सफलता मिल्नेछ । अत्यन्त सुखभोग गर्न पाइने देखिन्छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्वपूर्ण व्यक्तित्व र विद्वान्हरूसँग भेट हुनसक्ने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिम्मत गर्नसके सफलता हात पर्नेछ । कारोबारमा लगानी बढाउँदा राम्रो फाइदा हुने योग छ । कुनैपनि काम गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ । सानातिना खर्चको हेक्का नराख्दा आर्थिक क्षति समेत ब्यहोर्नुपर्ने हुनसक्छ । अल्छीपना र शारीरिक असहजताले सुरु गरेको काममा बाधा पुग्ने देखिन्छ । मानसिक शान्ति र विश्रामप्रति ध्यान दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछ । स्थिर प्रयोजनमा धन लगानी गर्नु उचित होला । पुराना सहकर्मीहरुसँगको भेटले मनलाई प्रफुल्लित बनाउने छ । लाभमुलक काममा दौडधुप बढ्ने भएकाले आपसी समन्वयमा कमजोरी देखिने छ । आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यवसाय वा आफ्नो पेशामा सफलता मिल्ने योग छ । छिटो धन कमाउने प्रवृतिका कारण फस्नसक्ने भएकाले सचेत रहनुहोला । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा लिन सकिनेछ । काममा कसैको साथसहयोगको अपेक्षा नगरेको राम्रो । व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि हासिल हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
थोरै प्रयासले धेरै सफलता दिनेछ । मानसम्मान र कामको जस पाउने योग छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने देखिन्छ । वैदेशिक प्रयोजनको काम गर्ने सोच्नुभएको छ भने राम्रो दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशि हुनेहरुका लागि आजको दिन जोखिम र संकटले भरिपूर्ण देखिन्छ । नैराश्यता र दिकदारी बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ थपिने योग छ । लक्ष्यप्रति ध्यानकेन्द्रीत नहुने समय छ । दुर्घटनाको जोखिम देखिएकाले सावधानी अपनाउनु उचित होला । मनमा चिन्ता बढ्नसक्ने भएकाले धार्मीक स्थलहरुको यात्रा गर्दा शान्ती मिल्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक बाध्यताले काममा बाधा गर्नेछ । कतै यात्रामा जानुपर्ने परिस्थिति बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर मिल्नसक्छ । जीवनसाथिको इच्छा र रुचिलाई ध्यान नदिँदा तिक्तता बढ्न सक्ने देखिन्छ । आन्तरिक प्रतिभालाई बाहिर निकाल्न सके प्रतिष्ठा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साथिभाई र घरपरिवारका सदस्यहरुले कुरा नबुझ्दा दिक्क लाग्नसक्छ । रिस र आवेगमा नियन्त्रण गर्नुनै उचित होला । जीवनसाथिसँग दुरी बढ्न सक्ने देखिन्छ । स्वास्थ्य समस्याका कारण पनि प्रेमिल जीवन प्रभावित बन्नसक्छ । शत्रु र प्रतिष्पर्धीबाट सचेत रहनुहोला । व्यवसायिक परिस्थितिमा भने सुधार आउने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कल्पना र भावनामा मन रुमलिन सक्छ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिनेछ । दैनिक कामबाट फाइदा मिल्नेछ । थोरै भएपनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । प्रेम सम्बन्ध सफल बन्नेछ । पूराना साथिभाईसँग भेटघाटको अवसर जुर्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना वा बेकामे कुरामा मन अल्झिन सक्छ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ । निणर्यात्मक काममा ध्यान केन्द्रित नहोला । मान्यजनको आर्शिवाद लिएर गरेका कामहरुले सफलता दिलाउनेछ । पति÷पत्नि वा छोराछोरीको चाहनाको कदर गरि अघि बढ्दा उपयुक्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक दायित्व र जिम्मेवारी बढ्नेछ । मिहेनतले राम्रो परिणाम प्राप्त हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै आध्यात्मिक मनोभावको विकास हुनेछ । मन्दिर वा धार्मिक स्थलहरुको भ्रमणबाट मनमा शान्तिको अनूभूति हुनेछ । कुनै नयाँ काम गर्दैहुनुहुन्छ भने साथिभाई र अभिभावकको महत्वपूर्ण सहयोग मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने देखिन्छ । आर्थिक पक्ष कमजोर भएमा जीवनसाथिको सहायता लिन सकिने छ । परिवारसँग बिताएको समयले शान्तिको अनुभूति गराउने छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सकिनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो