१४ बैशाख २०८२, आइतबार । April 27, 2025

बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता प्रदान गर्दै



ललितपुर । बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  कार्यशाला सुरु भएको छ ।

बागमती प्रदेश सरकारको माताहातको सञ्चार रजिस्ट्रार कार्यालयद्वारा आज (सोमबार) देखि सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशाला सञ्चालन गरिएको प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए । ‘सामुदायिक बिद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालिएको छ, आजदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा कार्यशाला सुरु भएको छ, सुरुमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएका छौं, यो कार्याशाला पाँच दिनसम्म हुनेछ’ उनले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको  रजिस्ट्रार सापकोटाले जानकारी गराए । बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षक सहभागी छन् ।

सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्यार्थीलाई चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत शिक्षा सिक्नेछन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइने सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।

कार्यशालामा फरक फरक पृष्ठभूमि, रुची र क्षमता भएका बिद्यार्थी सहभागी छन् । बिद्यालयमा जाडो बिदाको वेला पारेर बिद्यार्थी र शिक्षकलााई अतिरिक्त सीप र ज्ञान सिकाउन लागिएको हो । सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी शुक्रबार अपरान्ह बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन हुनेछ ।

कार्यशालामा काठमाडौंका रत्नराज्य माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका साथै भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु र ५ जना शिक्षकहरु सहभागी रहेको रजिस्ट्रार सापकोटाले जानकारी गराए ।

कार्यशाला विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उनको भनाई छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको