१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

पुष १९ गते शुक्रबारको तपाईँको राशिफल कस्तो छ ?



काठमाडौं । आज मिति २०८१ साल पुष १९ गते, तदनुसार जनावरी ३ तारिख शुक्रबार, नेपाल सम्बत ११४५ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा हुनेछ भने, सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशि हुनेहरुको आज मनोरञ्जनमा भन्दा काममै व्यस्तता रहने देखिन्छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । कुनै राम्रो समाचार पाउन सकिनेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तक्रिया गरी अनुभव बटुल्नु उचित रहन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बृष राशि हुनेहरुको आज धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्नेछ । सबैको प्रशंसा बटुल्न पाउँदा मन आनन्दित रहला । लक्ष्य पहिल्याउन सहज भएतापनि सफलताका लागि भने धेरै मिहिनेत गर्नुपर्ने छ । समस्या होईन समाधान खोज्नमा ध्यान केन्द्रित गर्दा नचिताएको उपलब्धि हासिल हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्वपूर्ण कार्य छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला । ससाना कुरामा मन आत्तिने, समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा काममा इच्छा नहुन सक्छ । कुनै समस्या छ भने आफू भन्दा ठूलालाई बताएमा निकास पाउन सकिएला । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, आनन्द र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । तपाईंमाथि गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ । अतः लक्ष्यप्रति सचेत भई कडा मिहिनेत गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिष्ठा प्राप्तीका लागि प्रतिस्पर्दा गर्नुपर्नेछ । कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने देखिन्छ त्यसैले बोल्दा ध्यान पुर्याउनु पर्ला । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने छ, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ । बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत भएको खण्डमा भने निराशा र खिन्नता बढ्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बुद्धिकौशलको प्रयोगले सफलता कमाउन सकिनेछ । सँगीसाथीसँग रमाउने मौका मिल्नेछ । आज व्यक्तिगत खुसीका लागि प्रेमी प्रेमीकासँग कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ । स्वास्थ्यमा सामान्य प्रभाव पर्ने हुनाले चिकित्सकको परामर्श लिनु उचित रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु लाभदायक ठहरिने छ । पारिवारिक समस्याले खिन्न बनाउ सक्छ, तर आज गरेको मिहिनेतले राम्रो प्रतिफल दिने देखिन्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्नुपर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको चाप बढ्ने छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय छ । घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ । अर्काको जिम्मामा काम छाडेर अन्त भुलिँदा काम बिग्रन सक्नेहुँदा विषेश ध्यान पुर्याउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक गतिविधिमा खटिनेछ । धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्ने देखिन्छ । आम्दानीको पाटो सहज नै देखिन्छ तर रकम खर्चको योग पनि रहेको छ । मन फुरुङ्ग र हलुका हुनेछ तर आज कुनै कुनै समय अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस भने हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो नतिजा प्राप्त हुनेछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी छुट्टै पहिचान स्थापना गर्न सकिने छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्वहिन काममा समय नखर्चनु उचित होला । मन स्थिर छैन भने आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ । आर्थिक कारोबारमा सतर्कता अपनाउनु उचित होला । सामान्य मानेका कुरालेपनि तनाव बढाउन सक्ने हुँदा बहसमा नअलमलिनु ठिक रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोप्य शत्रुहरूबाट सजग रहनु होला । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । सरकारी ठेक्कापट्टा, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, गरगहनाको कारोबारमा लाभ पाउन सकिन्छ । कर्तव्यपाल देखेर तपाईंको प्रशंसा हुनेछ । आज बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने सम्भावना छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते