२० पुस २०८१, शनिबार । January 5, 2025

चर्चित बालगायक सचिन परियारको निधन,के भएको थियो उनलाई ?



काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हो । अस्पताल प्रशासनका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत रहेका थिए । ‘सिभियर निमोनिया’ का कारण ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको बताइएको छ ।

भाइरल बाल गायकका रूपमा परिचित सचिनले थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । हास्य टेलीशृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालको यू–१९ महिला टी–२० विश्वकप टोलीको घोषणा भएको

तराईमा बाक्लो हुस्सु र उपत्यकामा कुहिरो लाग्ने, हवाई उडान प्रभावित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आजको विनिमयदरः रोकिएन अमेरिकी डलरको उकालो यात्रा, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार शनिबारका लागि अमेरिकी डलर

पुष–२० गते शनिबार तपाईँको भाग्य कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २० गते शनिबार