२३ पुस २०८२, बुधबार । January 8, 2026

आजको मौसम

गण्डकी प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशमा मौसम सफा रहने



काठमाडौं । हात देशको पहाडी भूभागमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

जसका कारण देशका पहाडी भागहरुमा मौसम साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबारदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने जसका कारण पश्चिम नेपालका जिल्लाहरुमा भारी बर्षा समेत हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले