२४ माघ २०८२, शुक्रबार । February 6, 2026

आइतबार र सोमबार बर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने



काठमाडौं । आगामी आइतबार र सोमबार भारी र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार दुई दिन पश्चिम नेपालका जिल्लाहरुमा बर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभाले शुक्रबार एक बुलेटिन जारी गर्दै यो जनाकारी दिएको हो । बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ ।

साथै देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ । विभागका अनुसार यो प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल