७ चैत्र २०८२, शनिबार । March 21, 2026

होलि भिजन माध्यमिक विद्यालयको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


१७ मंसिर २०८१, सोमबार  

1.1k
Shares

काठमाडौं । होलि भिजन माध्यमिक विद्यालयले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा १२ का विद्यार्थीहरुलाई विदाइ गरेको छ ।

डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्र निकै भब्य भएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक नारायण शर्मा गजुरेल, संस्थापक निर्देशक पदम दास सिंह, संस्थापक निर्देशक कृतिनाथ सुवेदी, प्रधानाध्यापक जलन महर्जन र सह–प्रधानाध्यापक बुद्धिसागर त्रिपाठीको उपस्थिती रहेको थियो । साथै शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।

कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रस्तुत गरेको बहुरंगी सांस्कृतिक कार्यक्रमहरुले सबैको मन जितेको थियो विशेष गरी किशोरावस्थामा आधारित कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रस्तुत गरेको प्रभावशाली नाटकले दर्शकहरुलाई हसाँउँदै सोच्न बाध्य बनाएको थियो ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक जलन महर्जनले नयाँ विद्यार्थीहरुलाई सफल शैक्षिक यात्राको शुभकामना दिँदै उज्जवल भविष्यको कामना समेत गरेका थिए । उनले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरुको प्रतिभा देशकै उदाहरणीय रहेकोमा गर्व महशुस भएको धारण व्यक्त गरे ।

कार्यक्रमले समुदायमा नयाँ उर्जा र उत्साह भर्ने मात्र नभई शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्धलाई थप सुदृढ बनाएको अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो